सिम्रौनगढ–८ कचोर्वास्थित जनता माविको भवन निर्माणवापतको रकम उपभोक्ता समितिलाई दिने क्रममा अनियमितता गरेको आरोपमा अख्त्यिारले अधिकृत विश्वराज मरासेनी र चौधरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
मुद्दा चलाइएका अन्यमा माविको भवन निर्माण उपभोक्ता समितिका अधयक्ष रामबाबुप्रसाद यादव, सचिव रामाकान्त प्रसाद र कोषाध्यक्ष किरणदेवी यादव रहेका छन् । उनीहरुले निर्माण काममा खर्च भएको रकम भन्दा ६ लाख ५८ हजार ४४० रुपैयाँ १६ पैसा बढी भुक्तानी दिएको पाइएको अख्तियारको दाबी छ ।
मुद्दामा ५ जनाविरुद्ध बिगो, जरिवाना र कैद सजायको माग गरिएको छ ।
