Thursday, October 23, 2025

वीरगञ्ज । पर्साको जिराभवानी गाँउपालिका वडा नम्बर १ मा पर्ने चमरी पुलबाट प्रहरी ठूलो परिमाणमा लागूऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ ।

ताजा / भरखरै प्राप्त

प्रहरीले ६४ वटा पोकामा रहेको ३२ किलोग्राम चरेससहित एक जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा पर्साकै ठोरी गाँउपालिका वडा नम्बर ४ विजय वस्तीका क्षेत्र बहादुर श्रेष्ठ रहेका छन् ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले नेपालबाट भारततर्फ मोटरसाइकलमा सवार भइ जाँदै गरेका श्रेष्ठलाई प्रहरीले चमरी पुलमा रोकेर चेकजाँच गरेको थियो ।

श्रेष्ठ सवार मोटरसाइकलबाट ६४ वटा पोकामा रहेको लागुऔषध चरेस बरामद भएको प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए ।पक्राउ परेका श्रेष्ठलाई चरेस र मोटरसाइकलसहित जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धानका भइरहेको प्रहरीले जनाएको छ ।

Previous article
एक किलो चरेससहित दुई जना पक्राउधनगढी । धनगढी उपमहानगरपालिका-१८ थापाघाटमा एक किलो चरेससहित दुई जना पक्राउ परेका छन् ।शनिबार साँझ सीमा इलाकामा सशस्त्र प्रहरी बल नेपाल बीओपी फुलबारीबाट सहायक प्रहरी नायब निरीक्षक दासीराम चौधरीको कमाण्डमा खटिएको ७ जनाको पैदल गस्ती टोलीले नेपालबाट भारततर्फ जादैँ गरेको अवस्थामा उक्त चरेस बरामद गरेको हो ।से. ५ प ८१४० नम्बरको स्कुटरलाई शंका लागि चेकजाँच गर्ने क्रममा धनगढी उपमहानगर- १८ एफ गाउँ बस्ने २४ वर्षीय केदार बोहरा र सोही ठाउँ बस्ने २७ वर्षीय सन्तोष बिष्ट पक्राउ परेका हुन् । उनीहरुको साथबाट कालो प्लास्टिकले बेरेको अवस्थामा अन्दाजी एक किलो चरेश फेला परेको प्रहरीले जनाएको छ ।
Next article
नगद र चार किलो चरेससहित एक जना पक्राउधनगढी । कैलालीमा चार किलो चरेससहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र प्रहरी प्रदेश कार्यालयबाट खटिएको टोलीले कैलालीको गौरीगंगा नगरपालिकाको राजिपुर क्षेत्रबाट लागुऔषध चरेससहित एक जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा बझाङको सुर्मा घर भएर राजीपुर बस्ने ४४ वर्षीय सालिमान पुजारा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लाेकबहादुर कार्कीले जानकारी दिए ।उनको साथबाट ४ किलो ८ सय ग्राम चरेश र ५०० दरका ३७ गरेर १८ हजार पाँच सय भारतीय रूपैयाँ बरामद गरिएकाे कार्कीले बताए ।पुजारालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles