तर नगर प्रहरीकाे प्रमुख स्वंय नै कुटिन्छन भने सर्वसाधारण जनताले कसरी शान्ति सुरक्षा पाउंलान भन्ने प्रश्न अहिले यहाँ उठेको छ। नगर प्रहरी कार्यालय जलेश्वरका प्रमुख बरिष्ठ सई विगन राय यादव हुन ।
उनको जागिरे अवधि अब केबल एक महिना मात्रै बांकी छ। अवकाश हुने बेलामा सरकारले दिएको सुविधा बापत उनलाई ७ गते आइतबार प्रहरी निरीक्षकको दर्जा पनि दिइयो ।
उनलेे निरीक्षकको फूलि पनि लगाए ।फूलि लगाउदा उनको नाकमा ठूलो घाउ देखिन्छ ।
उक्त घाउ स्थानीय जनताले कुटे पछि टांका नै लगाउनु परेको कारण हो । गत असाेज १ गते बिश्वकर्मा पुजाकाे दिन परकाैली भन्ने स्थानमा भारतीय महिला कलाकार ल्याएर नाचगान गर्ने कार्यक्रम भएको थियो ।
उक्त कार्यक्रममा एउटा स्थानीय समिति पनि गठन गरिएको थियो ।
स्थानीय सुरेन्द्र यादव भन्छन् , समितिले रकम नदिए पछि उनले कार्यक्रम गर्न नदिने भनेर धम्की दिए पछि स्थानीयले उनलाई कुटपिट गरेका हुन ।

