Sunday, March 16, 2025

काठमाडौं महानगरपालिकाले हटाउँदै आइरहेको फुटपाथ व्यापारीलाई वैकल्पिक व्यवस्था हुनुपर्ने माग गर्दै ९ दिनदेखि पालिकाको कार्यालय अगाडि उभिएर निरन्तर धर्ना दिइरहेका अभियन्ता ईःलाई महानगरका मेयर बालेन साहले खरो जवाफ दिएका छन् । ईःसँगको मंगलबारको वार्ता असफल भएपछि बुधबार सामाजिक संजालमार्फत साहले ७ बुँदे जवाफ दिएका छन् ।

ताजा / भरखरै प्राप्त

उनले एक हजार जना व्यापारीका लागि ५० लाख मानिस हिँड्ने फुटपाथ (बाटो)मा व्यापार गर्न दिने विषय सही नभएको उल्लेख गर्दै खाली जस्तो देखिने ठाउँमा पनि व्यापार गर्ने अधिकार कसैलाई नभएको स्पष्ट पारेका छन् । उनले महानगरभित्र खाली ठाउँ भए पहिला २ कोठे शौचालय बनाउने काम गरिन्थ्यो भन्ने तर्क गरेका छन् ।

महानगरसँग खाली जग्गा नभएकै कारण कतिपय वडा कार्यालय भाडा तिरेर चलाइरहेको बताएका छन् । उनले गरिबका लागि महानगरले सधैं बोलिदिने गरेको दाबी गर्दै सुकुम्वासीको नाममा सयौं मानिसले राजनीतिक रवाफमा महानगरको जग्गा कब्जा गरिरहेको उनले बताए । उनले ईःले उठाएका माग पूरा गर्ने ठाउँमा आफू नरहेको समेत बताए ।

उनले ईःको अभियानमा साथ दिने नेताहरूसमेत शब्द वाण प्रहार गरेका छन् । ‘जहाँसम्म केपी ओली, बाबुराम भट्टराई, कमल थापा, गगन थापा , स्वर्णिम वाग्ले लगायतको उपस्थिति र जायज मागहरु पुरा गर्नु पर्ने भन्ने तर्क छ, त्यसमा हामी राजनीतिक बेइमानी देख्छौं’ उनले लेखेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार मात्र सार्वजनिक मञ्चबाट फुटपाथ नेवारी व्यापारीकाे अंश भएकाे बताएका थिए ।

उनले महानगरभित्र खाली जस्तो देखिने ठाउँमा मेयरले मात्र नभई प्रधानमन्त्रीले समेत व्यक्तिगत व्यापार गर्न छुट नभएको बताएका छन् । महानगरले कानुनको अधिनमा रहेर गरिने कुनैपनि काममा अवरोध नगर्न समेत उनले चेतावनी दिएका छन् । ‘कृपया, आन्दोलन बन्द गरेर नियम कानुनको पालना गर्नु र गराउन भनिदिनु होला । हामीले कानुनको पालना गर्दा वा गराउँदा अवरोध नगरिदिनु होला’ फेसकुमा लेखेका छन् ।

राष्ट्रिय मानवअधिकार आयोगले बुधबार मात्रै एक प्रेस विज्ञप्ति जारी गरेर अभियन्ता ईःको स्वास्थ्य अवस्था ख्याल गर्न र माग सम्बोधन गर्ने विचार गर्न महानगरसँग आग्रह गरेको थियो । सोको केही समयपछि नै शाहले सबै पक्षलाई जवाफ दिएका छन्

Previous article
गाँजा ओसारपसारमा प्रयोग भएको एम्बुलेस र चालकलाई पक्राउ:विराटनगर । मोरङमा प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको एम्बुलेस र चालकलाई पक्राउ गरेको छ ।म‌ंगलबार राति विराटनगर महानगरपालिका– १८ लाभाघाटबाट गाँजा बोकेको को १ च ४६१९ नम्बरको एम्बुलेन्स र चालक धरान उपमहानगरपालिका– ११ का ३८ वर्षीय गंगा सरकारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।उक्त एम्बुलेन्स नेपालकै अग्ला व्यक्ति राजन अधिकारीको नाममा धरानमा स्थापित फाउण्डेसनले सञ्चालन गर्दै आएको थियो ।मंगलबार राति साढे १० बजे इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा एम्बुलेन्सको डिकीमा राखिएको २१.५ किलो गाँजा बरामद गरेको थियो ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles