Saturday, March 15, 2025

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चीन भ्रमण सफल भएको दाबी गरेका छन् । तिब्बतको ल्हासास्थित नेपाली महाबाणिज्यदूताबासले आयोजना गरेको कार्यक्रममा बुधबार प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

ताजा / भरखरै प्राप्त

उनले आफूले लगातार भारत, अमेरिका र चीनको भ्रमण गरिरहँदा चीनको भ्रमण के कस्तो हुन्छ भनेर अन्तर्रराष्ट्रिय समुदायले समेत हेरिरहेका बेला भ्रमण सफलताका साथ सम्पन्न भएको र आशा गरेभन्दा राम्रो भएको दाबी गरे ।

असोज ५ गते अमेरिकाबाट सिधै चीन पुगेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रिपति सि चिनफिङ, चीनका प्रधानमन्त्री लि छ्याङसँग भेटवार्ता गरेका थिए । भेटपछि प्रचण्ड र समकक्षी छ्याङको उपस्थितिमा दुई देशका अधिकारीहरुबीच उर्जा, नाका खोल्ने, नेपालका ग्रामीण विकासमा सहयाेग तथा उत्पादन व्यापारसम्बन्धी १२ बुँदे सम्झौता भएको थियो ।

त्यसपछि उनी चिनियाँ कृषिमा भएका विकास र आविष्कार अवलोकनका क्रममा उनी आजै मात्र चीन स्वशासति तिब्बत आइपुगेका हुन् । उनका साथमा परराष्ट्र मन्त्री लगायतकाे टाेली सहभागी छन् । उनी यही १३ गते स्वेदश फिर्ता हुने कार्यक्रम छ ।

राजनीति
विदेश

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles