वीरगञ्ज । नेपाल सहित विश्वभरका इस्लाम धर्मावलम्बीहरूले बिहीबार इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्ती मनाइरहेका छन् ।
हजरत मोहम्मदको जन्म इस्लामकी पात्रो हिजरी संवत् रब्बीअव्वल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट भएको बताइन्छ । उनको निधन ६३ वर्षको उम्मेरमा साउदीकै मदिनामा भएको थियो ।
मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ । वीरगञ्जका मुस्लिम धर्म गुरुहरूले आजका दिन मोहम्मद डे विश्वभर मनाइने गरेको बताएका छन् ।
उनीहरूले आजको दिन मुस्लिम समुदायले मनाउने अन्य पर्वहरू भन्दा ठूलो पर्व रहेको बताए । धर्मगुरुहरूले मोहम्मद डेका दिन विभिन्न कार्यक्रमहरू गरिने जानकारी दिए । वीरगञ्जका मुस्लिम अगुवाहरूले पनि आजको दिन विशेष रूपमा मनाइने गरेको बताए ।
वीरगञ्जको मुस्लिम अगुवा हरू मोहम्मद डेका दिन विश्वभर हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लललाहको जन्म दिन मनाइने, सो दिन बृहत् र्याली निकालिने र विभिन्न परिकारका भोजन गरी मनाइने जानकारी दिए ।
त्यस्तै मुस्लिम अगुवा वसिम आलमले हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामले संसारमा शान्ति स्थापना गर्न र एक आपसमा भाइचारा अभिवृद्धि र एक अर्काका लागि राम्रो कामको कामना गर्नुपर्ने सन्देश दिएका कारण मुस्लिम समुदायका लागि आजको दिन महत्त्वपूर्ण रहेको बताए ।
आज वीरगञ्जमा रहेका मुस्लिम समुदायले हजरत मोहम्मदको जन्म दिनको अवसरमा बृहत् र्यालीको समेत आयोजना गर्ने जनाइएको छ । र्यालीमा उपस्थित मुस्लिम अगुवाहरूले मोहम्मद डेको अवसरमा मधेस र लुम्बिनी सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।
आज वीरगञ्जसहित देशभर “मोहम्मद डे” मनाइँदै, मधेस र लुम्बिनीमा सार्वजनिक बिदा
