Tuesday, October 22, 2024

६ बुँदे सहमतिसँगै टुङ्‍गियो मणिपाल अस्पतालको विवादऋषिकान्त पौडेल

ताजा / भरखरै प्राप्त

पोखरा । पोखरास्थित मणिपाल शिक्षण अस्पतालका चिकित्सक र मृतकका आफन्तबीच ६ बुँदे सहमति भएसँगै चार दिनदेखिको विवाद टुङ्‍गिएको छ ।
बिहीबार राति अबेर भएको सहमतिपछि दुवै पक्षले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । जसअनुसार मृतक सुकमाया दुराको स्मृतिमा मणिपाल शिक्षण अस्पतालले दुराको गाउँ लमजुङको सुन्दर बजारमा वर्षमा एकपटक विशेषज्ञ सेवासहितको स्वास्थ्य शिविर चलाउने सहमति भएको छ ।
यस्तै दुरा जातीको उपचारमा सहुलियत दिने, मृतक दुराको मृत्युको अनुसन्धानमा दुवै पक्षले सहयोग गर्ने, विनय गुरुङविरुद्ध दर्ता भएको मुद्दामा कानुनी रित पुर्‍याएर सहजीकरण गर्ने र आन्दोलनका कार्यक्रम बिहीबारैदेखि स्थगित गर्नेलगायत बुँदमा दुवै पक्ष सहमत भएका छन् । लमजुङ सुन्दरबजार वडा नम्बर ६ की ५७ वर्षीया दुराको उपचारको क्रममा असोज ८ गते मृत्यु भएपछि आन्दोलन भएको थियो । आन्दोलनका कारण चार दिनदेखि अस्पतालको सेवा प्रभावित थियो ।उनका आफन्तले चिकित्सकको लापरबाहीले दुराको मृत्यु भएको भन्दै डा. अनिल शाहमाथि हातपात गरेका थिए । डाक्टरमाथि आक्रमण भएपछि देशैभरका चिकित्सकहरू आन्दोलित बनेका हुन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles