उनले सम्बोधन क्रममा कोशी प्रदेश नेतृत्व सर्वसम्मत चयन गर्न सके राम्रो हुने बताए । उनले कतिपय कुरा नेताको इसाराले टुंगो लगाउने बताउँदै इसारामा ध्यान दिनुपर्ने बताए । प्रदेश अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडा मुख्यप्रतिस्पर्धी छन् ।
उनले विरोधीले अधिवेशनमा चुनाव भयो भने मिलाउन सकेनछन्, सहमति भयो भने नेताले पेलेर प्रतिस्पर्धा हुनै दिएनन् भन्ने आरोप लागेको बताए । विरोधीहरुको कुरा नसुनेर पार्टीको विधि र विधानबमोजिम अधिवेशन सम्पन्न गर्न निर्देशन दिए ।
उनले एक प्रसंगमा वर्तमान गठबन्धन सरकार अपराधीलाई संरक्षण दिने र जनताका समस्यालाई बेवास्ता गर्ने सरकार भएको आरोप लगाए । यसमा गठबन्धनका मुख्य दल नेपाली कांग्रेसले सोच्नुपर्ने बताए । उनले प्रधानमन्त्री प्रचण्ड संसद बैठक रोकेर लामो समय विदेश भ्रमणमा निस्कनु उचित नभएको टिप्प्णी गरे ।
राजनीति
एमाले
काेशी प्रदेश
