Sunday, June 29, 2025

सशस्त्र प्रहरीद्वारा कपडा बरामद :-धनुषा । सशस्त्र प्रहरी बल धनुषाले चाेरी तस्करी गरि ल्याएको कपडा बरामद गरेको छ । आज शुक्रबार १२ गते धनुषा बिदेह न.पा.- ९ खरिहानी स्थित नं. ८ गण हे.क्वा. धनुषाबाट स.प्र.नि. केदारनाथ सापकोटाको कमाण्डमा खटिएको ५ जनाको मोबाइल गस्ति टोलिले भारतबाट अबैध रुपमा भन्सार छलि BR32U 6904 नं.को होण्डा मो.सा.मा राखी नेपालतर्फ ल्याउँदै गरेको अं. मुल्य रु.१,७८,१००।– बराबरको लत्ताकपडा र मो.सा.को अ.मुल्य रु.१,००,०००।– गरी जम्मा मुल्य रु.२,७८,१००।– बराबरको मो.सा.र कपडा बरामद गरी आवश्यतक कार्वाहिको लागि जनकपुर भन्सार कार्यालयमा बुझाईएको छ।

ताजा / भरखरै प्राप्त

Previous article
Next article
सर्वोच्चको परमादेश६ महिनाभित्र फेवातालको ६५ मिटरभित्रका सबै संरचना हटाउकाठमाडौं । सर्वोच्च अदालतले ६ महिनाभित्र फेवाताल वरपर ६५ मिटरभित्रका सबै संरचना हटाउन परमादेश जारी गरेको छ । फेवातालमा विसं २०३२÷३३ सालको नापीपछि व्यक्तिको नाममा दर्ता भएका जग्गाको स्रेस्ता खारेज गरी तालको नाममा ल्याउन बाटो खुलेको छ । सर्वोच्च अदालतको असार ४ को फैसलाको मंगलबार आएको पूर्ण पाठले दूषित दर्ता गरिएको जग्गाको दर्ता स्वतः खारेजी हुने व्याख्या गरेको हो । सर्वोच्चले पोखरा महानगरपालिकासहित विपक्षीको नाममा जारी गरेको यस परमादेशको पूणर्पाठ सार्वजनिक भएको हो । पोखरा महानगरपालिकाले गरेको फेवातालको मापदण्ड संशोधनविरुद्ध परेको रिट निवेदनमा सर्वोच्चले गत असार ४ गते जारी गरेको परमादेशको पूर्णपाठ अहिले आएको हो।सर्वोच्चले तालको किनारबाट ६५ मिटरको मापदण्ड ६ महिनाभित्र लागु गर्न समेत आदेश दिएको छ । ६५ मिटर लागु गर्दा विसं ०३२÷३३ को नापीअघि दर्ता भएका जग्गाको मात्रै मुआब्जा दिनुपर्ने फैसलाको पूर्ण पाठमा उल्लेख छ ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles