Tuesday, October 22, 2024

झापामा लागु औषधसहित २ युवायुवती पक्राउझापामा प्रतिबन्धित लागु औषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार अपरान्ह ४ : ३० बजे जिल्लाको बिर्तामोड नगरपालिका ५ को त्रिवेणी होटल एण्ड लजबाट २ जना पक्राउ परेका हुन् ।पक्राउ पर्नेमा बिर्तामोड ४ का २१ वर्षीय उत्तम दर्जी र इलामा सुर्योदय नगरपालिका २ घर बताउने २० वर्षीय सन्ध्या विश्वकर्मा रहेका छन् । उनीहरुको साथबाट प्रहरीले १ ग्राम, ९०० सय मिलिग्राम ब्राउन सुगर, ३ थान मोबाइल र ५ हजार ५ सय रुपैयाँ बरामद गरेको छ ।

ताजा / भरखरै प्राप्त

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले टोलीले सो होटलमा खानतलासी गरेको थियो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Previous article
राैतहट गाैर को सिया पैलेस होटेलबाट डेढ दर्जन टिकटक स्टार प्रहरी नियन्त्रणमा:-प्रेमचन्द्र झाराैतहट । होहल्ला गरेको आरोपमा प्रहरीले डेढ दर्जन टिकटक स्टारलाई नियन्त्रणमा लिई हिरासतमा राखेका छन ।जिल्ला प्रहरी कार्यालय राैतहटका प्रमुख महेन्द्र कुमार श्रेष्ठले दिएको जानकारी अनुसार सिया पैलेस होटेलमा मदिरा सेवन गरि होहल्ला तथा अभद्र व्यवहार गरेकाे आराेपमा टिकटक स्टार पक्राउ परेको हो । वास्तविकता छानबिन भई रहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए। पक्राउ पर्नेमा गरुडा नगर पालिका वडा नम्बर १ जयनगरका राज कुमार साह सहितका टिकटक स्टार रहेका छन । पक्राउ गरिएका सबेे दाेषि नरहेको घटना बारे अनुसन्धान भई रहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए । सिया पैलेस होटलमा बसेका महिला डाकटरको कोठा ढक्कयाई खोल्न लगाउने तथा अभद्र व्यबहार गरेकाे आरोपमा उनिहरुलाई नियन्त्रणमा लिएको हो। विहिवार राति १२ बजे सम्म तलको हलमा अश्लील नृत्य तथा हाेहल्ला भई रहेको सुचना स्थानिय प्रशासनले पाएपछि प्रहरी पुगेका थिए । प्रहरी पुग्न साथ अन्दाजी डेढ सय भन्दा बडिकाे संख्यामा रहेका दर्शक भागेका थिए ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles