Saturday, August 16, 2025

१६ असोज, राँझा ‘बाँके’ । नेपालगञ्जमा आज वृहत सद्भाव पदयात्रा आयोजना गरिएको छ । सामाजिक सद्भाव र धार्मिक एकता कायम गर्ने उद्देश्यले बागेश्वरी मन्दिरका महन्त चन्द्रनाथ योगी, मुस्लिम धर्मका धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीलगायतका धर्मगुरु, नागरिक समाजका प्रतिनिधि र सर्वसाधारणको सहभागितमा पदयात्रा निकालिएको हो ।

ताजा / भरखरै प्राप्त

वीपी चोकबाट सुरु भएको पदयात्राले मुख्य बजारको परिक्रमा गरेको थियो । सामाजिक सद्भाव नेपालगञ्जको पहिचान भएकाले यसलाई अझै प्रगाढ बनाउन पदयात्रा आयोजना गरिएको बागेश्वरी मन्दिरका महन्त चन्द्रनाथ योगीले बताए।

जिल्ला प्रशासन कार्यालय बाँकेमा सोमबार भएको सर्वदलीय तथा सर्वपक्षीय बैठकले धार्मिक तथा सामाजिक सद्भाव प्रगाढ बनाउन पदयात्रामा सहभागी हुन सबैलाई अपिल गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताए ।

“सामाजिक सद्भावको नमूना सहर नेपालगञ्ज हरेक धार्मिक सम्प्रदाय, जातजाति, भाषाभाषी, वर्ण, लिङ्ग र समुदायको साझा चौतारी हो,” नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले भने, “नेपालगञ्जको शान्त सामाजिक सद्भाव र आपसी एकतामा खलल पुर्‍याउन खोज्नेविरुद्ध फेरि एकपटक नेपालगञ्जवासीले अभूतपूर्व एकता देखाउनुपर्ने अवस्था आएको छ ।”

नेकपा ‘एमाले’ बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले कोही कसैबाट पनि हुने सामाजिक सद्भाव र धार्मिक सहिष्णुता खल्बल्याउन नहुने बताए । कुनै पनि व्यक्ति, सङ्घ संस्था वा समुदाय विशेषले कसैको धार्मिक आस्थामा आँच पुर्‍याउने, धार्मिक विद्वेष फैलाउने वा कुनै धर्मविरुद्ध हुने गरी कुनै पनि किसिमको गतिविधि नगर्न उनले आग्रह गरे ।

लुम्बिनी प्रदेश

Previous article
सशस्त्र प्रहरी सिराहा द्धारा ८० लाख मुल्यको भन्सार छलीको कपडा बरामदसिरहा । सशस्त्र प्रहरी बल नेपाल नं ७ गण हे.क्वा सिरहाबाट खटिएको टोलिले मिति २०८०।०६।१६ गते बिशेष सुचनाको आधारमा जिल्ला सिरहा, सिरहा न.पा. १८ तारापट्टी ईलाकामा भन्सार छलि लुकाई छिपाई राखेको अवस्थामा अन्दाजी मुल्य रु ८० लाख बराबरको ७८ पोका कपडा नियन्त्रणमा लिएको छ ।पछिल्लो समय नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी तस्करी बढ्न सक्ने सम्भावनालाई मध्यनजर गरी सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं ७ गण हे.क्वा. सिरहाले बिशेष योजना बनाई अवैध चोरी पैठारी नियन्त्रण गर्ने कार्यमा केन्द्रित भई कारवाही संचालन गर्दा सिरहा जिल्लाकै हालसम्मको ठुलो परिमाणको भन्सार छलिको अवैध कपडा नियन्त्रणमा लिन सफल भएको हो । बिगत २/४ दिन देखि सिरहा जिल्लामा राजस्व अनुसन्धान कार्यालय ईटहरी र सशस्त्र प्रहरी नं ७ गण हे.क्वा. सिरहाको संयुक्त परिचालनमा मिति २०८०।०६।१३ गते ४० लाख बराबरको कपडा र मिति २०८०।०६।१५ गते २५ लाख बराबरको कपडा बरामद गर्न सफल भएको थियो। उक्त गणले नियन्त्रणमा लिएको सामान आबश्यक कारवाहिको लागी राजस्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाउने प्रकृयामा रहेको भन्ने सशस्त्र प्रहरी बल नेपाल नं ७ गण हे.क्वा सिरहाले जानकारी दिएको छ
Next article
नेपालगञ्जमा कर्फ्युसामाजिक र धार्मिक सदभाव भड्किने संकेत देखिएपछि बाँकेको नेपालगञ्जमा स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि दिउँसो साढे १२ बजेदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यु जारी गरिएको हो ।हिन्दुहरुको समूह आज नेपालगञ्जमा भेला भएर प्रदर्शनमा उत्रिएको छ । ओमकार परिवार, हिन्दु समाज र शिव सेना नेपालले संयुक्त रुपमा बागेश्वरी मन्दिरदेखि सुरु गरेको र्‍यालीले बजार परिक्रमा गरेको छ । ठूलो संख्यामा निस्किएको र्‍यालीमा घरमाथिबाट ढुंगा र ईंटा प्रहार भएको र स्थिति असामान्य भएपछि कर्फ्यु लगाइएको हो ।बजार क्षेत्रमा प्रहरी नायब उपरीक्षक नारायण डाँगीको नेतृत्वमा ५ सय बढी प्रहरीहरु परिचालन गरिएको छ । १०० बढी संख्यामा सशस्त्र प्रहरीहरु पनि परिचालित छन् ।नेपालगञ्जमा सम्भावित तनावलाई मध्यनजर गर्दै आज बिहान सदभाव र्यालीसमेत निकालिएको थियो । सामाजिक सद्भाव र धार्मिक एकता कायम गर्ने उद्देश्यले बागेश्वरी मन्दिरका महन्त चन्द्रनाथ योगी, मुस्लिम धर्मका धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीलगायतका धर्मगुरु, नागरिक समाजका प्रतिनिधि र सर्वसाधारणको सहभागितामा पदयात्रा निकालिएको हो ।जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार मात्र जरुरी सूचना जारी गरी धार्मिक आस्थामा आँच पुर्याउने, धार्मिक विद्वेष फैलाउने जस्ता गतिविधि नगर्न र सामाजिक सन्जालमा पनि एकअर्काविरुद्ध जथाभावी नलेख्न भनेको थियो । यदि त्यसो गरेमा स्थानीय प्रशासन ऐन २०२८ तथा प्रचलित कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको थियो ।साभार।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles