Tuesday, October 22, 2024

बझाङमा भूकम्प जाने क्रम राेकिएन, २४ घन्टा नपुग्दै १२ ठूला धक्का !काठमाडौँ । सुदूरपश्चिम प्रदेशको बझाङका विभिन्न ठाउँ केन्द्रविन्दु भएर भूकम्प र परकम्प जाने क्रम जारी रहेको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मङ्गलबार अपराह्न २ः४० बजे बझाङको तालकोट केन्द्रविन्दू भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो । बझाङमा मङ्गलबारकाे उक्त भूकम्पदेखि याे समाचार तयार पार्दासम्म ४ रेक्टर स्केलभन्दा माथिका १२ भूकम्प गइसकेका छन् । यी भूकम्पकाे धक्का सुदूरपश्चिमका सबैजसाे जिल्लामा महसुस गरिएकाे छ ।

ताजा / भरखरै प्राप्त

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार नै दोस्रोपटक ३ः०६ बजे बझाङको सदरमुकाम चैनपुर भएर ६.३ रेक्टरस्केलकाे भूकम्प गएकाे थियाे । अनि ३ः१३ बजे चैनपुर केन्द्रविन्दु भएर ४.१ रेक्टरस्केल, ३ः४५ बजे सुरमा केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियाे ।

मंगलबारै यस्तै ४ः२८ बजे तालकोट केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केल, ४ः३१ बजे सुवेडा केन्द्रविन्दू भएर ४.३ रेक्टर स्केल, ५ः१९ बजे सेली केन्द्रविन्दु भएर ५ रेक्टर स्केल र ५ः३८ बजे दामेना केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको हाे ।

यसैगरी मंगलबार राति १२ः१६ बजे दामेना केन्द्रविन्दू भएर ४.१ रेक्टर स्केल, १२ः५० बजे तालकोट केन्द्रविन्दु भएर ४.३ रेक्टर स्केल र आज (बुधबार) बिहान ४:२७ बजे र ५ः४३ बजे बझाङमै केन्द्रविन्दु भएर ४.३ रेक्टर स्केलका २ वटा भूकम्प गएको छ ।

केन्द्रका भूगर्भविद् डा लोकविजय अधिकारी नेपाल भूकम्प जोखिमको क्षेत्र रहेकाले जुनै पनि बेला भूकम्प जानसक्ने बताउँछन् । “विगत पाँच सय वर्षदेखि पश्चिम नेपालमा भूकम्प गएको थिएन, पछिल्लो ठाउँमा उक्त क्षेत्रमा भूकम्प जान थालेको छ”, उनले भने ।

यसअघि गत कात्तिकमा डोटी केन्द्रविन्दु भएर पाँच दशमलव सात रेक्टरस्केलको भूकम्प गएको थियो । उनले सुदूरपश्चिम क्षेत्रमा अझै केही दिन पराकम्पन आउने बताए ।

Previous article
दशैँमा बजार सुनसानवीरगञ्ज। नेपालीकाे महान पर्व दशैँ नजिकिँदै गर्दा वीरगञ्जका बजारहरुमा भने खासै चहलपहल देखिएको छैन । विगतमा चाडपर्वको एकमहिना अघिबाट ग्राहकले भरिभराउ हुने मुख्य बजार यतिबेला सुनसान बनेको कारण व्यापारीहरु फुर्सदिला भएका छन् । कोभिड महामारी लगतै आर्थिक संकटबाट तग्रिन नपाउदै बढदो महंगीको कारण नेपालीहरु थप मारमा छन् ।मुलुकको आर्थिक नगरीको रुपमा चिनिने वीरगञ्ज बजार चाडवाडको बेला पनि सुनसान छ । वर्षभरि ग्राहकको भीडले चहलपहल हुने गरेको वीरगञ्ज बजारमा यतिबेला दशैँको मुखमा पनि ग्राहकको चहलपहल नहुँदा उद्योगी व्यवसायी निरास भएका छन् । कोरोना महामारीबाट थलिएको अर्थतन्त्र विस्तारै लयमा फर्कन नपाउँदै रुस युक्रेनको युद्धको कारण मुलुकमा थप आर्थिक संकट उत्पन्न भएको छ । जसकारण उपभोक्तहरुको क्रयशक्ति कम हुँदै गएकोले यसको नकारात्मक असर प्रत्यक्षरुपले वीरगञ्ज बजारमा परेको छ ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles