Sunday, June 29, 2025

झापा र सुुनसरीबाट जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । झापाको दमक नगरपालिका-६ बसपार्क लाईनस्थितमा टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-७ बस्ने ३८ वर्षीय कुल वहादुर भुजेल समेत ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ताजा / भरखरै प्राप्त

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दकमबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९७ हजार रूपैयाँ र १ बुक ताससहित पक्राउ गरको हो ।

सुनसरीको बराहक्षेत्र नगरपालका-२ सैनिक चोक बस्ने ४२ वर्षीय दिपेश भट्टराईको घरमा जुवातास खेलिरहेको अवस्थामा भट्टराई समेत ६ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चतरा र महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १७ हजार ५ सय रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

अपराध
नेपाल प्रहरी

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles