Monday, April 20, 2026

१९ असोज, सरकारले अति विशिष्ठ व्यक्ति (भीभीआइपी) को सुरक्षा कार्यविधि परिमार्जन गर्ने भएको छ । अब भीभीआइपीको सवारमा सडक जाम नगर्ने विधि अपनााइने भएको छ । भीभीआइपीको सवारी शब्दलाई पनि हटाइने भएको छ । यो प्रस्ताव अहिले मन्त्रिपरिषदमा पुगेको छ ।

ताजा / भरखरै प्राप्त

भीभीआइपीको सुरक्षा कार्यविधि जिल्ला प्रशासन कार्यालय काठमाडौंले तयार पारेको हो । भीभीआईपीको सुरक्षा व्यवस्था सम्बन्धी कार्यविधि परिमार्जन गर्न मन्त्रिपरिषदमा पठाइएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिएका छन् । उनका अनुसार प्रशासनले परिमार्जन गर्न लागेको कार्यविधि मन्त्रिपरिषदले पारित गर्न बाँकी छ ।

शुक्रबार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० समापन समारोहमा उनले सो विषयको जानकारी गराएका हुन् । कार्यविधिमा ’सवारी’ शब्दलाई ’भ्रमण’ भन्ने शब्दमा रुपान्तरण गरिएको उनले बताए । उनले अतिविशिष्ठ र विशिष्ठ व्यक्तिहरुको भ्रमण गराउँदा सकेसम्म सडक खालि नगर्ने र कमभन्दा कम आम नागरिकलाई असर पर्नेगरी भ्रमण गर्नेकुरा कार्यविधिमा व्यवस्थापन गरिएको जानकारी दिए ।

उनले भने, ‘भीभीआईपी सवारीको प्रसंग उठिरहेको थियो । अहिले हामीले पछिल्लो चरणमा देखिराखेका पनि छौं । हाम्रा भीभीआईपीहरुको भ्रमण गराउँदा पहिलाको जस्तो तामझामलाई विस्तारै मिनिमाइज र सुधार गर्दै लगिएको छ । अहिले पछिल्लो चरणमा भीभीआईपीको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधि विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधिमा परमार्जन भएर मन्त्रीपरिषद्मा पुगेको छ ।’

भीभीआइपी

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles