आन्दोलन नै आन्दोलनको नेपाल, नागरिकलाई सेवा दिने कस्ले ?काठमाडौं । शिक्षक, डाक्टर, कर्मचारी मुलुक प्रगतिको ठूला सम्वाहक हुन् । मुलुकको विकासक लागि उनीहरुको अहम भूमिका हुन्छ ।यदी कुनै मुलुकमा गुणस्तरिय शिक्षा, उपचार र जवाफदेही प्रशासन थिएन भने त्यो मुलुकलाई विकसित भन्न सकिन्दैन । तर त्यसका लागि सरकारले पनि उपयुक्त कानून र विधि बसाल्नु पर्छ । तर नेपालमा भने न सरकारले उपयुक्त कानून र थिति नै बसाल्यो न प्रशासक कर्मचारीहरु नै आफ्नो क्षेत्रगत धर्मभित्र रहेर जिम्मेवार बने ।जसका कारण नेपाल आन्दोलनको पर्याय बन्न पुगेको छ । अझ भनौ मुलुकमा यतिबेला पेशागत संगठित आन्दोलनको चक्रव्यूँमा रुमालिएको छ । विविध पेशाहरु शिक्षक, चिकित्कसक तथा स्थानीय तहका कर्मचारीहरु नै श्रृखलाबद्ध ढंगले आन्दोलनमा उत्रिरहेका छन् ।पछिल्लो संगठित आन्दोलनहरु के–के हुन् ?स्थानीय तहका कर्मचारीको आन्दोलनस्थायी शिक्षक अन्दोनलकरार शिक्षकको आन्दोलनचिकित्सक आन्दोलनस्थानीय तहका कर्मचारीको आन्दोलनयतिबेला सरकारले ल्याउन लागेको सङ्घीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै स्थानीय तहका कर्मचारीहरू आन्दोलित छन् ।सोमबार देखि आन्दोलनमा उत्रिएका उनीहरुले आन्दोलनलाई अझै सशक्त बनाउँदै लैजाने मुडमा छन् । सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तरस्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्ने लगायतका माग राखी उनीहरू आन्दोलन गरिरहेका हुन् ।स्थानीय तह कर्मचारी केन्द्रिय सङ्घर्ष समिति बनाएर आन्दोलनमा उत्रिएका उनीहरूले सङ्घीय निजामती ऐनमा स्थानीय तहका कर्मचारीलाई विभेद गरिएको आरोप लगाइरहेका छन््् ।स्थानीय तहका कर्मचारीलाई निजामतिको परिभाषाभित्र समेटिनुपर्ने, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारीहरूलाई कुनैपनि सेवामा प्रवेश गर्दा उमेर हद नलगाउनुपर्ने, अन्तरप्रदेश सरुवाको व्यवस्था ऐनमै राखिनुपर्ने लगायतका माग छन् ।शिक्षक आन्दोलनशिक्षहरुले सरकारले ल्याउन लागेको विद्यालय शिक्षा ऐन २०८० प्रति विरोध जनाउँदै काठमाडौंमा प्रदर्शन गरे । उनीहरुले विशेषत संसदमा छलफलका लागि प्रस्ताव पेश भएको शिक्षा विद्येयकका केही विद्येयकमाथि आपत्ति जनाए ।मुलुकभरका करिब ७९ हजार शिक्षकहरु काठमाडौंमा भेला भएर उनीहरुले असोज ३ गतेदेखि १२ गतेसम्म प्रदर्शन गरे।असोज १२ गते आन्दोलनरत शिक्षकहरु र सरकारबीच छ बुँदे सहमति भएपछि शिक्षकहरुले आन्दोलन रोके ।राहत शिक्षकको आन्दोलनस्थायी शिक्षकहरुसँग सरकारले सहमति गरेपनि करार शिक्षकहरुको भने माग सम्बोधन नभएको भन्दै आन्दोलन जारी राखे । उनीहरुले विद्यालय शिक्षासम्बन्धी विधेयक कै विरोधमा सडक आन्दोलन गरे ।राहत शिक्षकहरुले सरकारसँगको सहमतिलाई भद्दा मजाकको संज्ञा दिएको दिएको थियो । त्यसपछि उनीहरुले सडकमा सुतेरै आन्दोलन गरे।चिकित्सक आन्दोलनयसअघि भदौ ३१ गते नै चिकित्सकहरुले पनि आन्दोलन गरेका थिए । चिकित्सकहरुको आन्दोलन त अझैसम्म साम्य भइसकेको अवस्था छैन ।हेटौँडाको सञ्चो अस्पतालमा कार्यरत चिकित्सकलाई मृतकका आफन्तहरुले हातपात गरेपछि उनीहरुले सरकारसँग विभिन्न माग राखेर आन्दोलन गरे । उनहरु गएको भदौ ३१ गते आकस्मिक बाहेकका सबै सेवाहरु बन्द गरेर सडकमा आए ।हेटौँडाको सञ्चो अस्पतालपछि मणिपाल शिक्षण अस्पताल पोखरा, लमजुङ अस्पताल र के एमसी अस्पताल काठमाडौंमा पनि चिकित्सक कुटिए ।श्रृखलाबद्ध आक्रमणमा परेपछि विरोधमा सडक उत्रिएका चिकित्सकहरु र सरकारबीच ढिलै गरि भएपनि सहमति भने भयो । तर चिकित्सकहरु भने अझै सशंकित छन् ।उनीहरु स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ अविलम्व कार्यान्वयन हुनेमा अझै आशंकित छन् ।यसरी शिक्षक, कर्मचारी तथा चिकित्सकहरु नै आन्दोलनमा उत्रिनु परेपछि सर्वसाधराणलाई विकास त ‘आकाशको फल आँखा तरी मर’ भन्ने उखान झै किन नहोस् ? सरकारले दक्ष जनक्तिलाई उपयुक्त कानून बनाएर नेपालमै गरिखाने वातावरण बनाउनुको विकल्प छैन । तर मुलुक र जनताको सेवा गर्ने चिकित्सक, शिक्षक तथा कर्मचारीहरुले पनि आफ्नो पेशागत धर्म विर्सिन कदापी हुँदैन ।त्यसैले पेशागत अधिकारको सुरक्षा र नागरिकको अधिकार दुवैलाई आवश्यक सम्बोधन गर्दै सरकारले मध्यमार्गी नीति अपनाउनु पर्दछ ।यहाँ नागरिकको अधिकारप्रति गैर जिम्मेवार बन्न न सरकारलाई छुट छ न त राष्ट्रसेवक पेशागत कर्मचारीलाई नै । सरकार र शिक्षक, चिकित्सक र कर्मचारीबीचको जेसुकै मुद्धा होस् तर नागरिक आफ्नो अधिकारबाट कुण्ठित हुन भएन ।साभार।