Tuesday, September 16, 2025

मोटरसाइकल चोरीघरको दराजमा लुकेका व्यक्ति पक्राउसर्लाही — चोरी भएको मोटरसाइकलसहित प्रहरीले चोरलाई घरबाटै नियन्त्रणमा लिएको छ । घरको दराजमा लक गरिएको अवस्थामा प्रहरीले चोरलाई नियन्त्रणमा लिएको जनाएको छ ।बुधबार साँझ लालबन्दी नगरपालिका–१७ रानीगन्जबाट प्रदेश–३–०२–०१२प ५८३१ नम्बरको यमहाको एफजेड मोटरसाइकल चोरी भएकोमा प्रहरीले खोजतलास गर्ने क्रममा ईश्वरपुर नगरपालिका–१३ स्थित १२ नम्बर टोलका २८ वर्षीय रामकरण महतोलाई नियन्त्रणमा लिएको हो ।महतोको घरबाट चोरिएको एफजेड मोटरसाइकलसहित अन्य मोटरसाइकलबाट निकालिएका नम्बर प्लेट, ट्यांकीसहित विभिन्न पार्टपूर्जा समेत बरामद भएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार घरबाट चोरिएको मोटरसाइकल बरामद भएपछि प्रहरीले शंका लागेर घरभित्र जाँच गर्दा महतो बाहिरबाट लक गरिएको दराजभित्र लुकेर बसेका थिए ।विभिन्न मोटरसाइकलको नम्बर प्लेट, ट्यांकी लगायतका पार्टपूर्जा बरामद भएपछि महतो मोटरसाइकल चोरीको गिरोहमा सक्रिय रहेको प्रहरीको आशंका छ । चोरी आरोपमा पक्राउ परेका महतोको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

ताजा / भरखरै प्राप्त

Previous article
अवैध लागूऔषधसहित तीन जना पक्राउमोरङ, सुनवर्षी नगरपालिका-८ सिक्टी चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७ हजार २ सय ८० ट्याब्लेटसहित सोही नगरपालिका-९ बस्ने ५० वर्षीय मित्र बहादुर राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.३ प ९९०१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी चालक राईलाई पक्राउ गरेको हो ।सप्तरी, सुरुङ्गा नगरपालिका-३ भुसिमलहनियाबाट अवैध लागूऔषध गाँजा करिब १५ केजीसहित सिरहा लहान नगरपालिका-१७ एकरतिया बस्ने ५८ वर्षीय बद्रि नारायण चौधरीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले बद्रिलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।झापा, दमक नगरपालिका-३ गुरुङ डाँडाबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने बस्तु ८ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीय उमेश गुप्तालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरीले उनलाई उक्त वस्तुसहित पक्राउ गरेको हो ।
Next article
सशस्त्र प्रहरी परिवार महिला संघको वार्षिक साधारणसभा सम्पन्न :सशस्त्र प्रहरी परिवार महिला संघको २२औं वार्षिक साधारणसभा असोज १५ गते विविध विषयमा छलफलका साथ सम्पन्न भएको छ ।सो संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा संघको वार्षिक आय व्यय विवरण समेत प्रस्तुत गरिएको थियो ।कार्यक्रममा लामो समयदेखि संघको कार्य समितिमा रहि आफ्नो अमूल्य योगदान दिनुभएका पदाधिकारीहरुलाई संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालले उहाँहरुको योगदानको कदर स्वरुप खादा तथा दोसल्ला ओढाई सम्मान गर्नुकासाथै मायाको चिनो प्रदान गर्नुभएको थियो ।सो अवसरमा संघकी सदस्य सचिव श्रीमती तुलामाया ठाडामगरले संघको वार्षिक कार्य प्रगति विवरण तथा संघकी कोषाध्यक्ष श्रीमती पुजा राजभण्डारीले आर्थिक वर्ष २०७९÷०८० को आय व्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।संघको लक्षित उद्देश्य र समाज सेवाको क्षेत्रमा संघबाट भइरहेका उपलब्धि लगायत विविध विषयमा सो साधारणसभामा छलफल भएको थियो ।संघले शिक्षा, स्वास्थ्य, सरसफाइका क्षेत्रहरुमा योगदान पु¥याउनुकासाथै सेवामूलक एवं जनचेतना मूलक कार्यक्रमहरु संचालन गर्नेदेखि विपद प्रकोपमा पीडितहरुलाई सहयोग तथा सीमान्तकृत समुदायका बालबालिकाहरुलाई निःशुल्क आवाशिय सुविधासहितको अध्ययनको व्यवस्था लगायत अन्य विविध कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ ।सोही अवसरमा संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालले सशस्त्रप्रहरी परिवार महिला संघले संचालन गरेको आधारभूत सिलाई कटाई तालिम समापन गर्नुकासाथै तालिम सफलतापूर्वक सम्पन्न गरेका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत प्रदान गर्नुभएको थियो ।त्यस्तै संघले यही असोज १० देखि १४ गतेसम्म संघका पदाधिकारीहरुका लागि संचालन गरेको उद्घोषण तालिमको प्रशिक्षकलाई समेत संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालले मायाको चिनो प्रदान गर्नुभएको थियो ।कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारी तथा राष्ट्रसेक सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles