Thursday, October 16, 2025

सन्तानको दीर्घायु तथा समृद्धिको कामना गर्दै तराई मधेशमा यति बेला जितिया पर्व धूमधामका साथ मनाइँदै :- मिथिलाञ्चलको लोक पर्व जितियाको आज मुख्य दिन हो ।तीन दिनसम्म मनाइने जितियाको आज दोस्रो दिन महिलाहरूले थुकसमेत ननिलीकन कठोर उपबास बस्ने गर्दछन् । बिहीबार महिलाले पोखरी, कुण्डलगायतका जलाशयमा नुहाएर घिरौँलाको पातमा खाने तेल र पिना चढाएका थिए ।यस पर्वमा सन्तानको दीर्घायु तथा समृद्धिको कामनासहित पितृको सम्झनामा व्रतालुले महिलालाई नै चिउरा, दही, अमोटलगायतका सामग्री भोजन गराउने चलन छ । जितिया व्रत बस्नाले आपत् विपत् आइलाग्दा पनि सन्तानको जीवन सुरक्षित रहन्छ भन्ने विश्वास छ ।

ताजा / भरखरै प्राप्त

Previous article
Next article
यस वर्ष मात्रै १७१ हत्याराको कैद मिनाहारमेश धमलाकाठमाडौं । हरेक वर्ष थपिएका अपराधीको संख्याले कारागार भरिएका छन् । कारागारमा पुगेका सबैले जानी-जानी अपराध नगरेको हुन सक्छ । कतिले प्रायश्चित पनि गर्छन् । त्यसलाई मध्यनजर गरेर कानुनले कैद छुट र मिनाहाको व्यवस्था गरेको हो । तर हरेक वर्ष जघन्य हत्याका आरोपीले राष्ट्रपतिबाट कैद छुटको अवसर पाएको देखिन्छ ।देशभरका कारागारमा २७ हजार कैदीबन्दी छन् । जसका अपराधको कसुरअनुसार संजाय तोकिएको छ भने करिब १० हजार बन्दीको मुद्दा टुंगो लाग्न बाँकी छ । तीमध्ये हत्या अभियोग लागेका मात्रै ५ हजार ५ हजार चार सय छन् । सरकारले हरेक वर्ष संविधान दिवस, गणतन्त्र दिवस र प्रजातन्त्र दिवसको दिनलाई उत्सवका रुपमा लिँदै आचरण सुध्रिएको भन्दै कैदीबन्दीलाई आममाफी दिने गरेको छ ।यस वर्ष पनि संविधान दिवसका अवसरमा ६६७ जनाले अपराधको सजायबाट कैद मिनाह र माफी पाए । तीमध्ये सबैभन्दा धेरै हत्या गर्नेहरु नै छन् । ५० प्रतिशत कैद भुक्तान गरेको भन्दै यस वर्ष ३७ जना हत्या आरोपमा सजाय भोग्नेहरुले माफी पाए भने ४० प्रतिशत कैद भुक्तान गरेको भन्दै १३४ जनाले पनि माफी पाएका छन् ।अपराधको सबैभन्दा चरम रुप भनेकै मान्छेको हत्या हो । तर सरकारले कसैको परिवारको सदस्य मार्नेलाई कैद छुट दिँदा एकपटक पनि पीडित परिवारलाई सम्झिँदैन । त्यसैको उदारहण हो भारती शेर्पाको अनशन र रेशम चौधरीको रिहाइ । न त आफ्नो पूर्वश्रीमान गुमाएकी भारती र छोरा गुमाउने बाबु-आमासँग सरकारले एक शब्द सोध्यो । नत टीकापुर घटनामा दोषी ठहर भएका रेशमलाई छोड्ने बेला पीडित परिवारलाई नै सम्झियो ।त्यसो अपराधीलाई कैद मिनाह गर्ने अहिलेको सरकार मात्रै होइन । केपी ओली प्रधानमन्त्री हुँदा २०७६ सालमा एक हजार २३ र २०७७ सालमा ११२ जनाको कैद मिनाह भएको थियो । त्यस्तै सबैभन्दा धेरै शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा २०७८ सालमा एक हजार ४५४ र २०७९ सालमा एक हजार ८८० जनाको कैद कट्टा भएको थियो ।यस वर्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले दिएको माफीमा एक हजार १५२ जना परेका छन् । पछिल्लो पाँच वर्षमा ६ हजार ६११ कैदीले माफी पाएका छन् । तर गरिब र आचरण सुध्रिएकाभन्दा राजनीतिक पहुँच र आर्थिक लेनदेनका आधारमा छुट पाउनेहरु धेरै छन् ।कतिपयले अदालतबाट दोषी ठहर भए पनि कैद नबसी छुट पाएका छन् । समाजमा फर्किएर कुनै चुनौती नहुने, पीडित परिवारलाई जोखिम नहुने, आचरण सुध्रिएको लगायत आधारमा कैद मिनाह गर्ने कानुनको उद्देश्य भए पनि क्रूर र योजनाबद्ध हत्यामा संलग्नले समेत छुट पाउनु सरकार पीडितको न्यायका लागि असंवेदनशील भएको पुष्टि भएको छ ।साभार।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles