Tuesday, September 16, 2025

अवैध लागूऔषधसहित चार जना पक्राउसुनसरी, कोशी गाउँपालिका-१ हटियालाइन लौकहीबाट अवैध लागूऔषध ब्राउनसुगर करिब ५६ ग्राम ५० मिलिग्रामसहित भोक्राहानर्सिङ गाउँपालिका-६ बस्ने २४ वर्षीय नजाम आलमसमेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रदेश १-०२-०४८ प ४९७३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।कैलाली, धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोईन ७ सय १० मिलिग्रामसहित सोही उपमहानगरपालिका-५ बस्ने ३५ वर्षीय मुकेश कुँवरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।यसैगरी कैलाली, गोदावरी नगरपालिका-४ गोदावरीबाट अवैध लागूऔषध चरेश ३ किलो ५ सय ग्रामसहित बझाङ बुङ्गल नगरपालिका-२ बस्ती घर भई कञ्चनपुर कृष्णपुर नगरपालिका-१ दोमिल्ला बस्ने ३५ वर्षीय गोरे धामीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट गोदावरीबाट खटिएको प्रहरीले से.२ प २८५७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

ताजा / भरखरै प्राप्त

Previous article
घरायसी विवादका कारण उपेनले गरे पत्नीको हत्यामोरङ । मोरङमा पत्नीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१९ धनपुराका ३९ वर्षीय उपेन चौधरी पक्राउ परेका हुन् ।जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उपेनले यही असोज १३ गते राति धारिलो हतियार प्रहार गरेर र कुटपिट गरेर पत्नी ३० वर्षीया जितनी सहनीको हत्या गरेका थिए ।टाउकोमा धारिलो हतियार प्रहार गरिएको र शरीरमा कुटपिट गरेको चोट रहेको अवस्थामा जितनीको शव घरभित्रै फेला परेको थियो । घटनापछि फरार रहेका उपेनलाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।घरायसी विवादमा उपेनले पत्नीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उपेनविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर प्रहरीले अनुसन्धान थालेको छ ।
Next article
अवैध लागूऔषधसहित तीन जना पक्राउमोरङ, सुनवर्षी नगरपालिका-८ सिक्टी चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७ हजार २ सय ८० ट्याब्लेटसहित सोही नगरपालिका-९ बस्ने ५० वर्षीय मित्र बहादुर राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.३ प ९९०१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी चालक राईलाई पक्राउ गरेको हो ।सप्तरी, सुरुङ्गा नगरपालिका-३ भुसिमलहनियाबाट अवैध लागूऔषध गाँजा करिब १५ केजीसहित सिरहा लहान नगरपालिका-१७ एकरतिया बस्ने ५८ वर्षीय बद्रि नारायण चौधरीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले बद्रिलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।झापा, दमक नगरपालिका-३ गुरुङ डाँडाबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने बस्तु ८ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीय उमेश गुप्तालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरीले उनलाई उक्त वस्तुसहित पक्राउ गरेको हो ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles