Tuesday, September 16, 2025

भूकम्पले भत्किएका ७६० सम्पदा पुनःनिर्माण

ताजा / भरखरै प्राप्त

विसं २०७२ वैशाख १२ गतेको भूयकम्पले भत्किएका सात सय ६० सम्पदाको पुनःनिर्माण सकिएको पुरातत्व विभागले जनाएको छ ।भूकम्पले ३२ जिल्लाका नौ सय २० सम्पदामा क्षति पुर्‍याएको थियो । हाल ५० सम्पदा पुनःनिर्माण भइरहेको विभागका प्रवक्ता रामबहादुर कुँवरले राससलाई जानकारी दिए । चालु आर्थिक वर्षमा ३० सम्पदाको पुनःनिर्माण सुरु गर्न बजेट विनियोजन भएको उनले बताए ।
भूकम्पले एक सय वर्षभन्दा पुराना दुई सय १५ गुम्बामा क्षति पुर्‍याएको जनाउँदै कुँवरले तीमध्ये २५ वटाको पुनःनिर्माण भइरहेको बताए ।
बाँकीको पुनःनिर्माणका लागि पहल भइरहेको विभागले जनाएको छ । सम्पदा पुनःनिर्माणका लागि काठ, इट्टालगायत निर्माण सामग्री नपाइने समस्याका कारण काममा ढिलाइ भएको प्रवक्ता कुँवरको भनाइ थियो ।
विसं २०७६ चैत ११ पछि विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीका समयमा गरिएको बन्दाबन्दी, खरिद प्रक्रिया लामो हुनु, बजेट पर्याप्त नआउँनुलगायत कारणले पनि काममा ढिलाइ हुने गरेको विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले बताए ।

Previous article
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles