सुरक्षा तथा विपद् व्यवस्थापन अध्ययन अधिस्नातक डिप्लोमा कोर्ष संचालनसशस्त्र प्रहरी बल नेपालमा पहिलो पटक सुरक्षा तथा विपद् व्यवस्थापनअध्ययन अधिस्नातक डिप्लोमा (Post Graduate Diploma in Security andDisaster Management Studies (PGDSDMS) कोर्ष संचालन भएको छ ।राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालनहुने सो कोर्षको सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले असोज १८ गतेउद्घाटन गर्नुभयो । प्रवेश परीक्षा उत्तिर्ण भई कोर्षमा सहभागी हुन सफलअधिकृतहरुलाई उहाँले सफलताको शुभकामनासमेत व्यक्त गर्नुभयो ।कार्यक्रमका विशेष अतिथि त्रिभुवन विश्वविद्यालय मानविकी तथासामाजिकशास्त्र संकायका डिन प्रोफेसर डा.कुशुम शाक्यले नयाँ शैक्षिककोर्ष सुरक्षा तथा विपद् व्यवस्थापन अध्ययन अधिस्नातक डिप्लोमा(PGDSDMS) को थालनी सरहानीय रहेको बताउनुभयो ।गुल्मपति तथा स्टाफ तालिमको पाठ्यक्रम समेत समावेश गरी दुई सेमेष्टरमासंचालन हुने सो कोर्षमा ३४ सशस्त्र प्रहरी निरीक्षकहरु प्रशिक्षार्थीकोरुपमा सहभागी रहेका छन् ।