Tuesday, September 16, 2025

चितवनका थारू महिलाले यसरी मनाउँदैछन् आज ‘जितिया पर्व’सञ्जय चौधरी, रत्ननगर, असोज २० । थारुहरुको बाक्लो बसोबास रहेको चितवनकोपूर्वी क्षेत्र, पश्चिम र माडी क्षेत्रमा थारू महिलाहरूको महान पर्वजितियाको विशेष उल्लास हुनेगर्छ ।

ताजा / भरखरै प्राप्त

सन्तानको दिर्घायुको लागि विशषतः महिलाले बस्ने ब्रतका रुपमा चिनिने ब्रत
वा पर्व हो जितिया पर्व । जितिया पर्व आश्विन कृष्णपक्षको अष्टमी तिथिका
दिन नेपालको चितवनदेखि पूर्वदेखि पश्चिम तराईका विभिन्न जिल्लाहरुमा
मनाउने गरिन्छ ।

यस ब्रत वा उपवासको क्रममा जितवहान भगवानको कथा र महिमा सुन्ने गरिन्छ ।
थारु महिलाहरुको ठुलो चाडको रुपमा रहेको जितिया पर्व सन्तानको सुख शान्ति
र चिरायुको लागि प्रसिद्ध छ ।

आज (शनिवार) थारु समुदायका महिलाहरु झाम्टा, नाच नाच्दै गीत गाउँदै
जितिया मनाइरहेका छन् । विहानै नुहाई धुवाई गरी बेलको पात टिपेर दिनभर
महिला तथा युवतीहरु यो पर्व मनाइरहेका छन् ।

जितिया आउनुअघि नै चितवनका थारु समुदायमा चहलपहल र रमझम शुरु भएको थियो ।
थारुहरुको बाक्लो बसोबास रहेको चितवनको पूर्वी क्षेत्र, पश्चिम र माडी
क्षेत्रमा यतिबेला जितियाको विशेष उल्लास छ । थारु समुदायका महिलाहरु
खुल्ला तरिकाले चोक चोकमा झाम्टा, नाच नाच्दै गाउँदै जितिया मनाईरहेकाछन्

बिहानै नुहाईधुवाई गरी बेलको पात टिपेर दिनभर महिला तथा युवतीहरु यो पर्व
मनाईरहेकाछन् । विगतका वर्षहरुमा झै यस वर्ष पनि विहान पख दर खाएपछि
महिलाहरु एक ठाउँमा गीत गाउँदै रमाइलो गरिरहेको देख्न सकिन्छ । जितियाको
चहलपहल जताततै छ ।

चितवनको पूर्वी क्षेत्र रत्ननगर, कालिका, खैरहनी, राप्ती नगरपालिका,
भरतपुर महानगरपालिकाको मेघौली र माडीमा जितियाको रौनक हुनेगर्दछ ।

आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथि गरि तीनदिन सम्म यो पर्व
मनाईन्छ । सप्तमीको दिनलाई ‘लाहा खाएके’, अष्टमीको दिनलाई ‘उपास’ र
नवमीको दिनलाई ‘पारन’ भनिन्छ । हिजो (शुक्रवार) सप्तमीको दिन भएकोले
महिलाहरू विहानै खोला, ताल तलैया, नदी, पोखरीमा गई स्नान गरि त्सपछि
मात्रै खानेकुरा खाएका थिए ।

आज (शनिवार) अष्टमीको दिनमा महिलाहरू विहानै नुहाई, घुवाई गरी सफा र चोखो
कपडा लगाई बिहानैदेखि पानी पनि नखाई निराहर ‘उपास’ ब्रत बसि झम्टा नाँच
नाचेर मनाउछन् । महिलाहरू सांस्कृतिक भेषभूषा लगाई दिनभरि नै झमटा
नृत्यमा झुमेर रम्छन् । बेलुकीपख ब्रतालुहरु फेरि खोलामा गई पिनाले नुहाई
पातमा पिना बगाउँछन् । त्यसपछि बेलुकीपख सबै ब्रतालु महिला जम्मा भएर कथा
श्रवण गर्ने प्रचलन छ ।

रुखको चारैतिर ब्रतालु महिलाहरू फलफूल, पानी, दूध, दही, चिउरा बिहान
भिजाएको मासको दाल र चामल लिएर बस्छन् । गाउँको कुनै एक भद्र पुरुषले
जीतबाहनको कथा (जितिया ब्रत कथा) घण्टौं लगाएर सुनाउँछ ।

कथा सकिएपछि सबै जना घर गएर ‘फराहर’ गर्छन् । भोलिपल्ट अर्थात् नवमीको
दिन विहनै सबै ब्रतालु खोलामा नुहाएर निराकार प्रतिमूर्ति (जसलाई थारु
भाषामा ‘गरग्वाङ’ भनिन्छ) बनाएर मासको गेडाले पूजा गर्छन् ।

खोलाबाट घर आइसके पछि ब्रतालुहरुले दहि चिउरा, केरा लगायतका खानेकुरा खान
बस्छन् तर खानु भन्दा अगाडि गुइठाको अङ्गारमा काठको धूप बालेर सबै
खानकीको केही अंश चढाएर मात्र खान्छन् । त्यसलाई ‘पारन’ भनिन्छ । त्यसपछि
भने ब्रत सकिएसंगै जितिया पर्व सकिन्छ । हिन्दु धर्मालबम्बी नेपाली
महिलाहरुले मनाउने तीज जस्तै थारु समुदायले यो जितिया पर्वलाई महत्वका
साथ मनाउने गरेका छन् ।

सन्तानको दिर्घ जीवन, सन्तान प्राप्ति तथा परिवारिक सुखशान्तिका लागि
मनाईने जितिया पर्वको धार्मिक तथा सांस्कृतिक महत्व रेहेको छ । यो पर्वले
महिलाहरुको सांस्कृतिक भूमिका र महत्वलाई उजागर गर्ने काम गरेको छ ।

विशेषगरी विवाहित थारू चेलीबेटीले निराहार व्रत बसेर सूर्यलाई जितबाहन
बाबाको नामले पुर्जा अर्चना गर्ने प्रचलन छ । विवाह गरेर गएका
चेलीबेटीलाई अनिवार्य रुपमा माइतीमा बोलाई यो पर्व मनाउने परम्परा छ ।
विवाहित र अविवाहित दुवै चेलीहरुले यो पर्वमा ब्रत लिन सक्छन् ।

विवाहितले श्रीमान र आफ्ना सन्तानको दिर्घायुको कामना गर्दै निरहार ब्रत
बस्छन् भने अविवाहीत चेलीहरुले जितबाहन जस्तै सुयोग्य पत्ति प्राप्तीका
लागि निरहार ब्रत बस्ने चलन छ । चौबिस घन्टे लामो व्रतपछि मात्र चेलीहरू
पानी पिउने गर्छन् । यस्तो कठोर व्रतबाट सूर्य भगवान् खुसी भई सन्तान तथा
पतिको सुस्वास्थ्य र दीर्घायुको आशीर्वाद दिने विश्वास छ ।

यस पर्वलाई थारू विवाहित चेलीबेटीलाई माइतमा ल्याई सुख–दुखका कुरा साट्ने
अवसरका रूपमा लिन्छन् । वर्षौंसम्म आफन्तसँग भेटघाट गर्ने संगमका रूपमा
पनि यसलाई लिने गरिन्छ । मीठो मसिनो खाई एकापसमा भलाकुसारी गर्ने अवसर
पनि यस पर्वले जुराउने गरेको छ ।

जितिया पर्व मनाउने प्रचलन कहिलेदेखि सुरु भयो भन्ने यकिन छैन । तर पनि
थारू समाजमा यसको महिमा परापूर्वकालदेखि रहँदै आएको छ ।

यस्तै, थारू महिलाहरूको महान पर्व जितियाको अवसरमा चितवनका स्थानिय
तहहरूले आइतवार सार्वजनिक विदा समेत दिएकाछन् ।

अहिले काठमाडौंमा बस्ने थारु समुदाय लगाएत अन्य समुदायका महिलाहरुले पनि
जितिया पर्व धुमधामका साथ मनाउने गर्छन् । संस्कृति झल्काउने पोसाकमा
सजिएर थारु महिलाहरुले यो पर्व मनाउने गरेकाछन् ।

यसरी सामाजिक सद्धभाव वृद्धि गर्ने पर्वको रुपमा चिनिने जितिया पर्व
नेपाल र नेपालीको पहिचान बोकेको पर्व हो ।

Previous article
सत्ताइस क्विन्टल चिनी बरामद :-तस्करीकाे चिनी महेन्द्र ठाकुरकाेपरासी । जिल्ला प्रहरी कार्यालयले पश्चिम नवलपरासीले २७ क्विन्टल तस्करीकाे चिनी बरामद गरेको छ । २० गते शनिबार बिहान २.३० बजेको समयमा रामग्राम नगरपालिका बडा नम्बर ८ भैंसी बजारमा उक्त तस्करीकाे चिनी बरामद भएको प्रहरीले जानकारी दिएको छ । लु ३ च ४९६६ नम्बरको पिकअप गाडीलाई शंकास्पद भएको भन्दै प्रहरी चाैकी गाेवरहियाबाट प्रहरी टाेलीले चेकजाँच गर्ने क्रममा उक्त चिनी बरामद भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीलाई देख्नेबित्तिकै गाडीको चालक चांपी नै छाडेर गाडी छाेडी भागेको र गाडी खानतलासी गर्दा ठूलो परिमाणमा चिनी बरामद भएको थियो । ५४ बाेरामा रहेको उक्त चिनीकाे मूल्य झण्डै १ लाख १९ हजार ६ सय र गाडीको मूल्यांकन १० लाख गरि ११ लाख २९ हजार ६ सय मूल्य बराबरको चिनी र गाडी आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाएको छ । उक्त चिनी महेन्द्र ठाकुरले मगाएकाे समेत खुलेको छ। महेन्द्र ठाकुर नेपाली काङ्ग्रेसको आडमा लामो समयदेखि तस्करी काराेवारमा संलग्न व्यक्ति हुन । उनी नेपाली काङ्ग्रेसको तर्फबाट दाेस्राे पटक रामग्राम नगरपालिकाकाे वडा नम्बर ८ मा बडाध्यक्षमा निर्वाचित भएका छन् । उनी रक्तचन्दन तस्करीमा पनि जाेडिदै आएका व्यक्ति हुन । उनको यो तस्करीलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएका घुमुवाहरू प्रदिप गुप्ता र किरण कुंवरकाे संरक्षण रहेको समेत खुलेको छ।यो चिनी प्रहरी चौकी बसहियको नाकाबाट निस्केको हो । प्रहरी चौकी बसहियमा प्र स नी जनार्दन यादव छन् ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles