Sunday, October 26, 2025

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

ताजा / भरखरै प्राप्त

प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो । भेटमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलगायतका समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
गत फागुन २५ गते संसद्‍मा दर्ता भएको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई वैशाख १५ गते छलफलका लागि कानुन, न्याय तथ मानवअधिकार समितिमा पठाइएको थियो । विधेयकमा सहमति जुटाउन उपसमिति गठन भएको छ । उपसमितिमा गम्भीर मानवअधिकार उल्लङ्घन बाहेकका घटनामा पीडितको सहमतिमा मेलमिलाप हुने, परिपूरणको व्यवस्थाजस्ता विषयमा सहमति जुटे पनि हत्या लगायतका विषयमा अझै सहमति जुट्न बाँकी छ ।
विधेयकमा उपसमितिले गरेको सहमतिलाई शीर्ष नेताहरु समक्ष प्रस्तुत गर्ने तयारी छ ।साभार।

Previous article
Next article
धराप सडकमा जोखिमपूर्ण यात्रादसैँ आउन अब एक साता मात्रै बाँकी रहँदा मानिसहरु घर फर्कने क्रम सुरु भइसकेको छ । देशभरका राजमार्गमा सवारी चाप बढ्न थालेको छ । तर अधिकांश राजमार्गको अवस्था भने दयनीय छ । कतिपय स्थानमा सडकमा खसेका पहिरोसमेत पन्छाइएको छैन भने खाल्डाखुल्डीसमेत नपुरिएका कारण दशैं यात्रा झन्झटिलो मात्र होइन, जोखिमपूर्ण हुने देखिएको छ ।चाडपर्व नजिकिएसँगै देशभरका सडकमा सवारीसाधनको चाप बढ्न थालिसकेको छ । तर, अधिकांश राजमार्ग कतै वर्षाका कारण बिग्रिएका छन्, त कतै विस्तारका क्रममा रहेकाले यात्रा गर्नै नसकिने अवस्थामा छन् । जसले गर्दा यात्रुले जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था छ ।‘कस्ता इन्जिनियरले बाटो बनाउँछन् ? गाडीले तल छुन्छ, चाँडै बिग्रने समस्या छ,’ चालक राजबहादुर बोहोराको गुनासो छ । उनले गाडी बिग्रिएर ग्यारेजतिर जानु पर्ने भएकाले आफूहरुलाई गाह्रो भएको जनाए ।अहिले पृथ्वी राजमार्गको धादिङ खण्ड, मुग्लिन-पोखरा र पूर्व-पश्चिम राजमार्गको नारायणगढ-बुटवल सडक विस्तार तथा स्तरोन्नतिका क्रममा छन् ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles