Tuesday, September 16, 2025

उद्योगमन्त्री भन्छन्– ‘सरकारको एक्लो प्रयासले मात्रै मुलुकको आर्थिक विकास सम्भव छैन’

ताजा / भरखरै प्राप्त

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकारको एक्लो प्रयासबाट मात्रै मुलुकको आर्थिक विकास सम्भव नभएको बताएका छन् ।शुक्रवार ललितपुर उद्योग वाणिज्य संघको ४४ औं साधारण सभामा बोल्दै उनले सरकार र निजी क्षेत्रबीच समन्वय र सहकार्य भएमात्रै मुलुकको आर्थिक विकास सम्भव रहेको बताए । उनले देशको समग्र सामाजिक र आर्थिक विकास हुन निजी क्षेत्रले दिगो र पराकिलो पूर्वाधार तयार गर्नसक्ने बताए ।
उद्योगमन्त्री रिजालले निजी क्षेत्र रोजगारी सिर्जना र औद्योगिक माध्यम भएको दाबी गरे । उनले निजी क्षेत्रको सक्रिय सहभागिता भएका मुलुकहरुमा आर्थिक विकास राम्रो भएको भन्दै नेपालमा पनि आर्थिक विकासमा निजी क्षेत्रको सहभागिता वृद्धि गर्न आवश्यक रहेको बताए ।
‘सरकारको एक्लो प्रयासबाट मात्रै मुलुकको आर्थिक विकास सम्भव हुँदैन । त्यसका लागि सरकार र निजी क्षेत्र समन्वय र सहकार्य हुन जरुरी छ । देशको समग्र सामाजिक र आर्थिक विकास हुन निजी क्षेत्रले दिगो र पराकिलो पूर्वाधार तयार गर्न सक्छ,’ उनले भने, ‘निजी क्षेत्र रोजगारी सिर्जना र औद्योगिक माध्यम हो । निजी क्षेत्रको सक्रिय सहभागिता भएका मुलुकहरुमा आर्थिक विकास राम्रो भएको देखिन्छ । निजी क्षेत्रको अधिकतम प्रयासले मात्रै उदारवादी अर्थतन्त्रको मर्मअनुरुप आर्थिक विकास गर्नेमा वर्तमान सरकार विश्वास राख्दछ । आयातलाई न्युन गर्दै लैजाने निर्यातलाई प्रवद्र्धन गर्ने सरकारको नीतिलाई साकार बनाउन निजी क्षेत्रको सहयोग विना सम्भव छैन । कृषिलाई व्यवसायीकरण गरी उत्पादन वृद्धिमा जोड दिन निजी क्षेत्रलाई आग्रह गर्न चाहन्छु । निजी क्षेत्रले अर्थतन्त्रको नेतृत्वकर्ताको रुपमा उभ्याउने प्रयास गर्नुपर्छ । यसका लागि निजी क्षेत्र जिम्मेवार भएर अगाडि बढ्नुपर्ने हुन्छ ।’
उनले निजी क्षेत्रको माग अनुरुप सरकारले सम्बोधन गर्न नसकेको अवस्थामा आलोचना भन्दा पनिसरकारसँग हातेमालो गरेर समस्याको समाधान खोज्नु आवश्यक रहेको समेत बताए । साथै सरकारले निजी क्षेत्रको मागअनुसार कानूनी र नीतिगत विषयमा सुधार गर्दै आइरहेको दाबी गरे ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles