क्यानोइङमा नेपालका गणेश गुरुङ फाइनल चरणमाहान्झाउ । १९औं एसियाली खेलकुद अन्तर्गत कानोइङ स्लालोमअन्तर्ग पुरुष कार्यक्रममा नेपालका गणेश गुरुङ फाइनल चरणमा प्रवेश गरेका छन् ।फुयाङ वाटर स्पोर्ट्स सेन्टरमा शनिबार भएको सेमिफाइनल चरणको खेलमा शीर्ष दशमा रहँदै गणेश फाइनलमा प्रवेश गरेको नेपाल र्याफ्टिङ एण्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले जानकारी दिए ।फाइनल चरणमा दश खेलाडीबीच शनिबार दिउँसो प्रतिस्पर्धा हुनेछ ।यसअघि हिट चरणबाट गणेशसहित १६ खेलाडी सेमिफाइनल प्रवेश गरेका थिए ।