सामाजिक सञ्जालमा भड्काउने अभिव्यक्ति दिने ५ जना पक्राउरमेश धमलाकाठमाडौं । सामाजिक सञ्जालमा सद्भाव भड्किने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।श्रीमानको हत्यामा सजाय भोगिररहेका गुन्डा नाइके रिगल भनिने योगराज ढकालको कैद मिनाहा फिर्ताको माग राख्दै अनशनमा बसेकी भारती शेर्पालाई सहयोगका नाममा सामाजिक सञ्जालबाट भड्काउने अभिव्यक्ति दिएको आरोपमा काठमाडौं प्रहरी परिसरले पाँच जनालाई पक्राउ गरेको हो ।अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य यादव सिंह, हाम्रो मिडिया नामको युट्युब सञ्चालक आशिष मल्ल ठकुरी, मिसन नेपाल नाम संस्थाकी महिला प्रमुख जुना बोहोरा, बागलुङका सोम शर्मा र सोलुखुम्बुका उद्धव बस्नेलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिए ।भारती शेर्पाको सुरक्षाका लागि अदालतको आदेश पनि आएको र प्रहरी आफैं संवेदनशील रहेको एसएसपी खत्रीले जानकारी दिए । अदालतको आदेश र सुनुवाइको मितिसमेत तोकिएको अवस्थामा सामाजिक सञ्जालमा घृणा फैलाउने अभिव्यक्ति दिने र परिस्थिति भड्काउन भूमिका खेल्ने समूह सक्रिय रहेको प्रहरीले जनाएको छ । पीडित भारतीको स्वास्थ्यमा समेत समस्या आएकाले गलत तत्त्वले दुरुपयोग गर्न सक्नेतर्फ सचेत रहन प्रहरीले आग्रह गरेको छ । अनशन बस्ने पीडितका अधिकारमा प्रहरीले कुनै अप्ठ्यारो नपर्ने पनि एसएसपी खत्रीले प्रस्ट पारे ।साभार।