Friday, October 24, 2025

२० असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता साझेदार नेकपा ‘एकीकृत समाजवादी’का अध्यक्ष माधवकुमार नेपालबीच सरकारलाई प्रभावकारी बनाउने बारेमा छलफल भएको छ ।

ताजा / भरखरै प्राप्त

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आज भएको भेटमा उनीहरूबीच सरकारको प्रभावकारिता, समाजवादी मोर्चाको अभियान, मुलुकको अर्थतन्त्र, संसदको चालु अधिवेशन तथा संयुक्त राष्ट्र संघका महासचिवको नेपाल भ्रमणलगायत विषयमा कुराकानी भएको थियो ।

भेटपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले सरकारलाई प्रभावकारी बनाउने लगायत समसामयिक विषयमा प्रधानमन्त्री दाहालसँग छलफल भएको जानकारी दिए । “सत्तारुढ दलहरूको बैठक बसेर सरकारलाई प्रभावकारी बनाउने, अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न विज्ञसँग छलफल गर्ने विषयमा कुराकानी भयो”, उनले भने ।

सत्ता गठबन्धनको बैठक बसेर दलका बीचमा विभिन्न मुद्दामा समान धारणा बनाउने विषयमा पनि छलफल भएको उनले जानकारी दिए । दुई पार्टी बीचका सम्बन्धलाई घनीभूत र बलियो बनाउने विषयमा पनि गम्भीर कुराकानी भएको बताए । “प्रदेश, जिल्ला र तल्ला कमिटीसम्म दुई पार्टी बीचका सम्बन्धलाई प्रभावकारी बनाउने, गुनासा तथा समस्या समाधान गर्ने बारेमा कुराकानी भयो”, उनले भने ।

भेटमा सरकारका विभिन्न निकायमा हुने नियुक्तिका बारेमा पनि कुराकानी भएको अध्यक्ष नेपालले जानकारी दिए। मन्त्री, नीति तथा आयोग एवं राजनीतिक नियुक्तिका सम्बन्धमा दलहरूबीच भएको सहमति पालना नभएकामा अध्यक्ष नेपालले प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए ।

संयुक्त राष्ट्र संघका महासचिवको आसन्न नेपाल भ्रमण, भेटघाट तथा संसदमा सम्बोधन लगायत विषयमा प्रधानमन्त्रीसँग छलफल भएको उनले जानकारी दिए ।

राजनीति

Previous article
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles