Monday, June 30, 2025

सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम समापनतालिममा प्रहरीनिरीक्षक रोशन घिमिरे सर्वप्रथम भएसम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को प्रमुख आतिथ्यतामाराष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालितसि.सं. १५ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम असोज २१ गते सम्पन्नभएको छ ।दीक्षान्त समारोहका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री दाहालकोसम्मानमा प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षकहरुद्वारा सलामी अर्पणगर्नुकासाथै उहाँ समक्ष ईज्जत अर्पण कवाजसमेत प्रदर्शन गरेका थिए ।सम्माननीय प्रधानमन्त्री दाहालले तालिममा सर्वप्रथम भएका सशस्त्र प्रहरीनिरीक्षक रोशन घिमिरेलाई खुकुरी प्रदान गर्नुकासाथै कवाज, शारीरिकसहिष्णुता र चाँदमारीतर्फ उत्कृष्ट प्रशिक्षार्थीहरुलाई समेत पुरस्कारप्रदान गर्नुभयो ।उहाँले राष्ट्रप्रेमी जनताको सुरक्षामा महत्वपूर्ण इतिहास बोकेको पवित्रसंगठनमा आवद्ध भई अधिकृत तहको कठिनपूर्ण तालिम समापन गरेकोमाप्रशिक्षार्थी अधिकृतहरुलाई हार्दिक बधाई दिनुहुँदै राज्यले सुम्पेकोजिम्मेवारीलाई उच्च व्यावसायिकतासाथ अनुशासित र इमान्दारितापूर्वकनिर्वाह गर्न निर्देशन दिनुभयो ।सम्माननीय प्रधानमन्त्री दाहालले राष्ट्रको सार्वभौमिकता रक्षार्थप्रतिकूल मौसम, भौगोलिक विकटता तथा सिमित स्रोतसाधनको बावजुद पनि सशस्त्रप्रहरीले गरेको उच्चस्तरको कार्यसम्पादनको मुक्तकण्ठले प्रशंसागर्नुहुँदै आन्तरिक सुरक्षा, विपद् व्यवस्थापन, महामारी नियन्त्रण रन्यूनिकरण, राजश्व गस्ती एवं भन्सार सुरक्षाको साथै राष्ट्रिय सुरक्षाकोमूलभुत पक्षहरुमा संगठनले गहन भूमिका निर्वाह गरिरहेको बताउनुुभयो ।उहाँले सशस्त्र प्रहरी बल नेपालले सम्पादन गर्दै आएको जिम्मेवारीलाई थपविशिष्टीकृत र प्रभावकारी तुल्याउन सुरक्षाकर्मीको क्षमता अभिबृद्धि,साधनश्रोतको उपलब्धता, सुदृढ संगठन प्रणाली र व्यवस्थापन महत्वूपर्ण पक्षभएको बताउनुहुँदै संगठनलाई आधुनीकरण र व्यवसायिक सुरक्षा निकायका रुपमाथप विकसित गर्ने कार्यमा नेपाल सरकार सदैव सकारात्मक रहेको बताउनुभयो ।उहाँले तालिम समापन पश्चात दीक्षित भई कार्यक्षेत्रमा जान लाग्नुभएकाअधिकृतहरुप्रति राज्यले ठूलो आशा र भरोसा राखेको हुँदा जिम्मेवारीकाक्षेत्रहरुमा परिचालित हुँदा कुनै प्रकारको डरत्रास, लोभ तथा प्रलोभन रगैह्र व्यावसायिक क्रियाकलापमा नपरी तालिममा सिकेको सैद्धान्तिक एवंव्यवहारिक ज्ञानलाई जनताको सेवा तथा सुरक्षामा इमान्दारितापूर्वक लागुगर्न निर्देशन समेत दिनुभयो ।समारोहमा माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलेसशस्त्र प्रहरी बल नेपालले स्थापनाकालदेखि नै विभिन्न आरोह अवरोहलाई पारगर्दै कार्यक्षेत्रमा आईपरेका सुरक्षा चुनौतीहरुलाई परास्त गर्दै राज्य रजनचाहना अनुरुपको सेवा र सुरक्षामा दर्विलो सुरक्षा निकायको रुपमाआपूmलाई परिचित गराउँदै आएको बताउनुभयो ।सशस्त्र प्रहरी बल नेपाललाई सीमा सुरक्षार्थ डेडिकेटेड फोर्स बनाउनअन्तर्राष्ट्रिय मापदण्ड सहितको थप बोर्डर आउट पोष्टहरु (बिओपी)कोस्थापना तथा मौजुदा रहेका बिओपीहरुको समेत स्तरबृद्धि र प्रविधिमैत्रीबनाउँदै लगिने बताउनुहुँदै माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्रीश्रेष्ठले भन्नुभयो–‘दिर्घकालिन महत्वको उपलब्धीका लागि गृहमन्त्रालयमाआएका योजना तथा समस्याहरुलाई समाधान गर्न आवश्यकताको पहिचान गरीप्राथमिकताकासाथ अगाडी बढाउन मन्त्रालयको सदैव सकारात्मक र रचनात्मकभूमिका रहनेछ ।’

ताजा / भरखरै प्राप्त

उहाँले सुरक्षा कार्य अत्यन्तै संवेदनशिल र गहन विषय भएको हुँदा बढ्दै
गएको नविनतम सुरक्षा चुनौतीहरुसँगै सुरक्षा फौजको कामकारवाहीहरुमा समेत
इन्फरर्मेसन र मोविलिटीको तालमेल हुनुपर्ने कुरालाई मध्यनजर राख्दै
प्रशिक्षण कार्यलाई समयानुकल थप आधुनिकीकरण र बैज्ञानिक ढंगले अगाडी
बढाउँदै लैजानु पर्ने बताउनुभयो ।
समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले धन्यवाद ज्ञापनको
क्रममा सम्माननीय प्रधानमन्त्रीज्यूबाट प्राप्त भएको निर्देशन सम्पूर्ण
सशस्त्र प्रहरी कर्मचारीहरु मार्फत कर्तव्यनिष्ठ भई अक्षरश पालना गरिने
बताउनुहुँदै प्रधानमन्त्रीज्यूको गरिमामय समुपस्थिति तथा निर्देशनले
सम्पूर्ण सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको हौसला र
मनोवल उच्च भएको बताउनुभयो ।
उहाँले देश र जनताको सेवा, सुरक्षामा कटिवद्ध भई लाग्ने अभिप्रायले
संगठनमा प्रवेश गरी दीक्षित भई कार्यक्षेत्रमा जान लाग्नुभएका
अधिकृतहरुलाई हार्दिक बधाई दिनुहुँदै तालिममा हासिल गरेका सैद्धान्तिक
एवं व्यवहारिक ज्ञानलाई पेशागत जीवनमा अक्षरस पालना गरी कार्यसम्पादनमा
जुट्न निर्देशन दिनुभयो ।
महानिरीक्षक अर्यालले राज्यप्रदत्त विविध जिम्मेवारीका क्षेत्रहरु
विशेषतः सीमा सुरक्षा, देशको आन्तरिक सुरक्षा तथा राजश्व संकलन र विपद्
व्यवस्थापनमा महत्वपूर्ण भूमिका लगायत विशिष्ट व्यक्ति तथा महत्वपूर्ण
प्रतिष्ठानको सुरक्षा, औद्योगिक र रेलवे सुरक्षामा समेत उत्कृष्ट ढंगले
कार्यसम्पादन गर्दै आईरहेको उल्लेख गर्नुभयो ।
समारोहमा प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव
महानिरीक्षक कमल गिरीले दीक्षान्त समारोहमा प्रशिक्षार्थी अधिकृतहरुलाई
सपथ ग्रहण गराउनु भएको थियो ।
करीव ५६ हप्ता अवधिको उक्त आधारभूत तालिम ५ जना महिलासहित कुल ४९ जना
सशस्त्र प्रहरी निरीक्षकहरुले सफलतापूर्वक सम्पन्न गरेका छन् । तालिममा
कवाजतर्फ सशस्त्र प्रहरी निरीक्षक ज्ञानचन्द्र पराजुली, शारिरीक
सहिष्णुतातर्फ सशस्त्र प्रहरी निरीक्षक पुष्कर बहादुर बम र चाँदमारीतर्फ
सशस्त्र प्रहरी निरीक्षक एजन खड्का उत्कृष्ट भएका छन् ।
दीक्षान्त समारोहमा नेपाली सेनाका रथी, निमित्त प्रहरी प्रमुख, निमित्त
मुख्य अनुसन्धान निर्देशक, अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु,
चन्द्रागिरी नगरपालिकाका प्रमुख, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु
लगायत विभिन्न क्षेत्रका विशिष्ट महानुभावहरुकासाथै सशस्त्र प्रहरी बल,
नेपालका बरिष्ठ अधिकृतहरु एवं दीक्षित अधिकृतहरुका अभिभावकहरुको समेत
उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles