Wednesday, October 22, 2025

घरायसी विवादमा आफ्नै सासुको हत्या गरेको अभियोगमा बुहारी पक्राउसल्यान, घरायसी विवादमा आफ्नै सासु ४९ वर्षीया गणेसी रोकाको हत्या गरेको अभियोगमा सिद्धकुमाख गाउँपालिका-४ खार्बन बस्ने उनकै कान्छी बुहारी शर्मिला बुढाथोकीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।गणेसी रोका असोज १५ गते दिउँसो बारीमा धानको भारी लिन जान्छु भनी गएकोमा बेपत्ता भएपछि खोजी गर्ने क्रममा आफ्नै घरको भकारीभित्र असोज १८ गते बिहान शव फेला परेको थियो । घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सल्यानसमेतबाट खटिएको प्रहरीले थप अनुसन्धानको क्रममा गणेसीको हत्यामा शर्मिलाको संलग्नता खुल्न आएपछि उनलाई पक्राउ गरेको हो । उक्त दिन उनीहरूबीच धान बारीमा विवाद भएको र घर फर्किएपछि पुन: विवाद हुँदा शर्मिलाले दाउराले पटक पटक टाउकोमा प्रहार गरी पुन: सलले घाँटी कसी हत्या गरेको र घटना लुकाउने उद्देश्यले कोठामा लत्पतिएको रगतसमेत लुकाउन लिपपोत गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

ताजा / भरखरै प्राप्त

Previous article
यात्रु सहायता कक्ष स्थापना गरिएकाे:-कलैया । नेपालीहरुको ठुला महान चाड दसैँ, तिहार तथा छठलगायतका पर्वलाई लक्षित गरी सवारी र यात्रुहरुको चाप बढ्ने हुँदा सवारि दुर्घटना न्युनिकरण गर्न र यात्रुहरुको गुनासो सुन्नको लागी जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराको आयोजनामा कलैया को भरतचोकमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । जिल्ला ट्राफिक प्रहरी कर्यलय निजगढका प्रहरी निरीक्षक राम कुमार महतोले सहायता कक्षले समस्यामा परेका यात्रुलाई सहयोग गर्ने, यात्रुलाई ठगिनबाट जोगाउने लगायतका काम गर्ने जनाए । दसैँ, तिहार तथा छठ जस्ता ठुला चाडपर्वहरूमा यात्रुहरूको चाप बढी हुने र चोरी लुटपाट जस्ता घटनाहरू घट्ने सम्भावनालाई मध्येनजर गर्दै चाडबाड लक्षित यात्रु सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राम कुमार महतोले जानकारी दिए । चाडबाडका बेलामा बसपार्कमा धेरै यात्रुहरू आवतजावत गर्ने, सवारी साधनको चाप बढ्ने, टिकट काउन्टरमा यात्रुको भिडभाड बढ्ने, बढी भाडा लिने जस्ता क्रियाकलाप हुने तथा यात्रु ठगिने कार्यलाई नियन्त्रण गर्न, यात्रुको सामान हराउने, सवारीमा क्षमताभन्दा बढी यात्रु राख्दा दुर्घटनाको जोखिम हुनेलगायतका समस्या कम गराउन र नागरिकको पिरमर्कालाई तत्कालै सुनुवाइ गरी समस्या समाधान गर्नका लागि यात्रु सहायता कक्ष स्थापना गरी सञ्चालन गरिएको उनले बताए ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles