यात्रु सहायता कक्ष स्थापना गरिएकाे:-कलैया । नेपालीहरुको ठुला महान चाड दसैँ, तिहार तथा छठलगायतका पर्वलाई लक्षित गरी सवारी र यात्रुहरुको चाप बढ्ने हुँदा सवारि दुर्घटना न्युनिकरण गर्न र यात्रुहरुको गुनासो सुन्नको लागी जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराको आयोजनामा कलैया को भरतचोकमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । जिल्ला ट्राफिक प्रहरी कर्यलय निजगढका प्रहरी निरीक्षक राम कुमार महतोले सहायता कक्षले समस्यामा परेका यात्रुलाई सहयोग गर्ने, यात्रुलाई ठगिनबाट जोगाउने लगायतका काम गर्ने जनाए । दसैँ, तिहार तथा छठ जस्ता ठुला चाडपर्वहरूमा यात्रुहरूको चाप बढी हुने र चोरी लुटपाट जस्ता घटनाहरू घट्ने सम्भावनालाई मध्येनजर गर्दै चाडबाड लक्षित यात्रु सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राम कुमार महतोले जानकारी दिए । चाडबाडका बेलामा बसपार्कमा धेरै यात्रुहरू आवतजावत गर्ने, सवारी साधनको चाप बढ्ने, टिकट काउन्टरमा यात्रुको भिडभाड बढ्ने, बढी भाडा लिने जस्ता क्रियाकलाप हुने तथा यात्रु ठगिने कार्यलाई नियन्त्रण गर्न, यात्रुको सामान हराउने, सवारीमा क्षमताभन्दा बढी यात्रु राख्दा दुर्घटनाको जोखिम हुनेलगायतका समस्या कम गराउन र नागरिकको पिरमर्कालाई तत्कालै सुनुवाइ गरी समस्या समाधान गर्नका लागि यात्रु सहायता कक्ष स्थापना गरी सञ्चालन गरिएको उनले बताए ।