Tuesday, September 16, 2025

नक्कली नोट तथा नक्कली नोट बनाउन प्रयोग हुने सामानसहित दुई जना पक्राउ:-नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ फलफुल चोकस्थित विनय रेष्टुरेन्टबाट नेपाली १ हजार दरको १ सय ३९ थान नक्कली नोट, नक्कली नोट बनाउन प्रयोग हुने सामानहरुसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व बुलिङटार गाउँपालिका-६ ठिमुरे बस्ने ३० वर्षीय कृष्ण बहादुर बिक र तनहुँ ऋषिङ गाउँपालिका-३ दानश्री बस्ने २५ वर्षीय सुरज बिक रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनीहरू बसेको उक्त रेष्टुरेन्टको कोठामा तलासी गर्दा नक्कली नोट र नक्कली नोट बनाउन प्रयोग हुने स्ट्याम्प प्याड ३ थान, चम्किलो स्टिकर टेप ६ थान, ग्लु १० थान, मसी, ब्रस, फलामे स्केल, कैची लगायतका विभिन्न सामानसहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ताजा / भरखरै प्राप्त

Previous article
Next article
२५४ नेपाली लिएर इजरायलबाट उड्यो विमानकाठमाडौं । युद्ध प्रभावित क्षेत्रमा फसेका नेपालीलाई स्वदेश फर्काउन इजरायल पुगेको नेपाल एयरलाइन्सको विमान काठमाडौंका लागि छुटेको छ ।तेलअभिभ विमानस्थलबाट २५४ नेपालीलाई लिएर विमान नेपाली समयअनुसार ५:२० मा काठमाडौंका लागि उडेको इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले जानकारी दिइन् । उनले तीन घाइते र सम्पर्कमा नआएका एक जनाबाहेक सबै विद्यार्थीलाई लिएर इजरायलको तेलअभिभ विमानस्थलबाट काठमाडौंका लागि विमान उडेको जनाइन् ।रिजलाका अनुसार सो विमान दुबई ट्रान्जिट बनाएर नेपाल आउनेछ । विमान बिहीबार राति ११ बजेभित्र काठमाडौंमा अवतरण गरिसक्नेछ ।सरकारले स्वेदश फिर्ता हुन चाहनेलाई लिन नेपाल एयरलाइन्सको जहाज पठाएको हो । युद्ध प्रभावित क्षेत्रमा फसेका नेपालीलाई लिन परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदको टोली नेपाली विमान लिएर बिहीबार बिहान इजरायल प्रस्थान गरेको थियो ।यसअघि युद्धग्रस्त क्षेत्रबाट उद्धार गरी विभिन्न सेल्टरमा राखिएका नेपालीलाई विमानस्थलमा ल्याइएको थियो । पहिलो लटमा स्वदेश फिर्ता हुने टोलीमा हमासको आक्रमणबाट जोगिएका वीरेन्द्र चौधरी, प्रमोद केसी र धनबहादुर चौधरी पनि छन् ।यीमध्ये धनबहादुर चौधरी घाइते छन् । उपचारकै क्रममा रहेका उनलाई ट्राभल गर्न सक्ने चिकित्सकहरुले बताएपछि उनी पनि स्वदेश फर्किएका छन् ।विमानबाट फर्कँदै गर्दा गत शनिबार र आइतबार जस्तो त्रासको स्थिति नभएको तर सीमा क्षेत्रमा बसोबास गर्नेहरुले सुरक्षा प्रोटोकललाई नि:सर्त पालना गर्नुपर्ने आफूले अनुभव गरेको नेपाली विद्यार्थी शंकर भट्टराईले जनाए ।परराष्ट्र मन्त्रालयले घर फिर्तीका लागि ३५० जनाको विवरण प्राप्त भएकामा २८८ जनाले नेपाल नै फर्कने इच्छा व्यक्त गरेको जनाएको छ । विमानमा नअटेका बाँकी नेपालीलाई भने आवश्यकताअनुसार अर्को विमान पठाउने वा नियमित जहाजबाटै भए पनि ल्याउने व्यवस्था गरिने मन्त्रालयको भनाइ छ ।गत शनिबार प्यालेस्टिनी विद्रोही समूह हमासले इजारयलमा गरेको आक्रमणमा घाइते भएका प्रवीण डाँगी, विधान सेजुवाल र हिमाञ्चल कट्टेलको भने इजरायलमै उपचार भइरहेको छ । विपिन जोशी अझै सम्पर्कविहीन छन् । १७ जनाको समूहमा रहेका विद्यार्थीमाथि भएको आक्रमणमा १० जनाको मृत्यु भएको थियो । ती शव पनि प्रक्रिया पूरा गरेर छिट्टै ल्याइने मन्त्रालयले जनाएको छ ।साभार।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles