Tuesday, September 16, 2025

इरानमाथि नेपालको फराकिलो जितयू-१९ एसीसी प्रिमियर कपमा इरानमाथि २७४ रनको फराकिलो जित निकाल्दै नेपालले प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।वाईएसडी (यूकेएम क्रिकेट ओभल, बाङ्गीमा भएको खेलमा इरानलाई ३०.४ ओभरमा ७९ रनमा अलआउट गरेको हो ।टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४०.१ ओभरमा अलआउट हुँदै ३५३ रन बनाएको थियो ।नेपालले दिएको बलियो लक्ष्य पछ्याएको इरानका ओपनर अमिर खोरासन्दले सर्वाधिक ३७ रन बनाए । उनले ५ छक्का र १ चौका प्रहार गरे । उनी आकाश चन्दको बलमा लङ अनका फिल्डर मिलन बोहोराको हातबाट क्याच आउट भए ।

ताजा / भरखरै प्राप्त

नेपालका लागि सुवास भण्डारीले सुरुवाती विकेट लिए । उनले ओपनर समान शेखीलाई स्लिपमा आकाश त्रिपाठीको हातबाट क्याच गराए । पावर प्ले सकिंदा इरान तीन विकेट गुमाएर ५२ रनमा रहेको थियो । त्यसपछि, दिपेश कडेंलले ११औं ओभरमा अर्सलान शेखीलाई २ रनमा बोल्ड गरे ।
सुवासले १२औं ओभरमा सलिम ताललाई समान २ रनमै अर्जुन कुमालबाट क्याच गराए । २० ओभरको समाप्तीमा इरानका दुई ब्याटरले केही टिकेर खेल्ने कोसिस गरे । कप्तान दधारमान रैसी र समिर इब्राहिमीपुरले १० ओभर टिकेर खेले पनि जम्मा ५ रन मात्रै जोड्न सके ।इरान २० ओभरको समाप्तीमा ५ विकेटको क्षतीमा ५७ रनमा रहेको थियो । २१औं ओभरमा तीव्र गतिका बलर अकाश चन्दले कप्तान रैसीलाई विकेट किपर दीपक डुम्रेको हातबाट क्याच गराए । २१ औं ओभरमा आकाशले १० रन खर्चिएर १ विकेट लिए ।
सातौ विकेट हेमन्त धामीको नाममा रहृयो । उनले जैइद रैसीलाई २३.४ ओभरमा बोलड गरिदिए । त्यस्तै, आठौं विकेट पनि उनैको नाममा रहृयो । उनले इस्मेल बेज्रजीहीलाई २५.४ ओभरमा बोल्ड आउट गरे ।दिपेशले नवौं विकेटका २९.४ ओभरमा लागि हन्जादलेज देराखसान्देहलाई ४ रनमा कट एण्ड बोल्ड गरे । ३०.४ ओभरमा फरिहान बहाकलाई शून्यमा बोल्ड गर्दै नेपालले शानदार जित निकालेको छ । सबिर इब्राहिशमीपोर ११ रनमा अविजित रहे ।
नेपालका लागि स्सिपनरद्वय दिपेश कँडेल र सुवास भण्डारीले समान तीन/तीन विकेट लिए । तीव्र गतिका बलरद्वय हेमन्त भामी र आकाश चन्दले समान दुई/दुई विकेट लिए ।
त्यसअघि, ब्याटिङ गरेको नेपालका कप्तान देव खनालले शतक तथा दिपक बोहरा र दिपकप्रसाद डुम्रेल अर्धशतक प्रहार गरे । १० रन हुँदा ओपनर अर्जुन कुमाल र वान डाउनमा आएका आकाश त्रिपाठीलाई गुमाएको नेपालको इनिङ्स देव र ओपनर दिपक बोहराले सम्हाले । यो जोडीले तेस्रो विकेटका लागि १६६ रनको साझेदारी गरेका थिए । देव र दिपक क्रिजमा हुँदा नेपालले ठूलो स्कोर बनाउने संकेत देखाए पनि नियमित अन्तरमा विकेट गएपछि नेपालले पूरै ५० ओभरसमेत खेल्न सकेन ।कप्तान देवले ६० बल खेल्दै १२ चौका र ४ छक्का मदतमा १०० रन बनाए । उनी शतक बनाएलगत्तै २१औं ओभरको पहिलो बलमा आउट भए । देव यू-१९ टिमबाट दुई शतक हान्ने पहिलो नेपाली ब्याटर समेत बने ।अर्को ओभरमा अर्धशतक बनाएका दिपक बोहरा पनि आउट भए । उनले ५९ बल खेल्दै ५ चौका र २ छक्का मद्दतमा ६५ रन बनाए ।
दुई सेट ब्याटर लगातार आउट भएपछि नेपालले १८५ रनमा चार विकेट गुमाएको थियो । तर त्यसपछि नेपालको इनिङ् सम्हाल्ने काम विकेटकिपर दिपकप्रसाद डुम्रे र दिपेश कँडेलले गरे ।
यो जोडीले पाँचौ विकेटका लागि ९ ओभरमे ९१ रनको साझेदारी गरेका थिए । तर ३१औं ओभरको पाँचौ बलमा दिपक आउट भएपछि नेपालले विकेट गुमाउन थाल्यो । दिपक डुम्रेले ४४ बल खेल्दै ८ चौका र २ छक्का मद्दतमा ६९ रन बनाए । दिपेशले २२ बल खेल्दै २९ रन जोडेर आउट भए । जतिबेला नेपालको स्कोर २९१-६ थियो । त्यसपछि अर्का दिपक बोहरा १ र मिलन बोहरा शून्यमा आउट हुँदा नेपालले २९१ मै ८ विकेट गुमायो । तर त्यसपछि सुवास भण्डारी, हेमन्त धामी र आकाश चन्दले आक्रमक ब्याटिङ गर्दै नेपालको स्कोर उकासेका थिए ।हेमन्तले १९ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा २३ रन बनाए । आकाशले ११ बलमा १९ रन बनाउँदा तीन चौका प्रहार गरे । सुवासले १६ बल खेल्दै २ चौका प्रहार गरी १८ रनमा अविजित रहे ।
इरानका लागि द्राहमन रएसी र सल्मान निएजमान्दले तीन/तीन तथा जेइद राएसी र समान शेखीले समान दुई विकेट लिएका थिए ।नेपालले दोस्रो खेल आइतबार बहारइनसँग बायोमास ओभलमा खेल्नेछ ।

Previous article
रिगलको सुनुवाइ अब कात्तिक १४ गते हुनेकाठमाडौं । संविधान दिवसका दिन राष्ट्रपतिबाट कैद माफी पाएका नेपालगन्जका रिगल भनिने योगराज ढकालको माफीविरुद्ध दायर रिटमाथिको सुनुवाइ कात्तिक १४ गते मात्र हुने भएको छ ।प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा आज (बिहीबार) सुनुवाइ सुरु भए पनि यी न्यायाधीशले यस्तै प्रकृतिको मुद्दा यसअघि सुनुवाइ गरिसकेकाले हेर्न नमिल्ने भन्दै कानुन व्यवसायीले प्रश्न उठाएपछि सुनुवाइ सारिएको हो ।सर्वोच्चले मुलुकी संहिता आउनुभन्दा अघिका घटनामा कैदीहरुले ४० प्रतिशत कैद भुक्तान गरेपछि ६० प्रतिशतसम्म कैद छुट पाउने भनी व्याख्या गरेको थियो । कारागार प्रशासनले सोही नजिरका आधारमा रिगललाई रिहा गरिएको दाबी गरेको छ ।सुनुवाइका क्रममा रिट निवेदकका तर्फबाट कानुन व्यवसायी तेजबहादुर कटुवाल, बालकृष्ण न्यौपानेलगायतले बहस गरेका थिए । तर, सरकारी तर्फबाट महान्यायाधिवक्ता दीनमणि पोखरेलको बहस गरेपछि छुट्याइएको खाजा समयपछि भने प्रधानन्यायाधीश श्रेष्ठलगायतले नै हेर्न नमिल्ने भन्दै कात्तिक १४ गतेका लागि पेसी तोकिएको हो ।अब दसैंको बिदा सुरु हुन लागेकाले कात्तिक १४ देखि मात्रै नियमित सुनुवाइ हुने इजलासले जनाएको छ । सुनुवाइकै क्रममा निवेदक भारती शेर्पासँग मुद्दा दसैंपछि सार्ने विषयमा प्रधानन्यायाधीश श्रेष्ठले राय बुझ्न खोजेका थिए । निवेदक शेर्पाले के मैले दसैंपछि न्याय पाउँछु त ? भन्दै प्रश्न गरेको थिइन् ।अघिल्लो साता सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्माको इजलासले सरकारसँग माफी दिनुपर्नाको कारण माग गरेको थियो ।साभार।
Next article
नक्कली नोट तथा नक्कली नोट बनाउन प्रयोग हुने सामानसहित दुई जना पक्राउ:-नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ फलफुल चोकस्थित विनय रेष्टुरेन्टबाट नेपाली १ हजार दरको १ सय ३९ थान नक्कली नोट, नक्कली नोट बनाउन प्रयोग हुने सामानहरुसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व बुलिङटार गाउँपालिका-६ ठिमुरे बस्ने ३० वर्षीय कृष्ण बहादुर बिक र तनहुँ ऋषिङ गाउँपालिका-३ दानश्री बस्ने २५ वर्षीय सुरज बिक रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनीहरू बसेको उक्त रेष्टुरेन्टको कोठामा तलासी गर्दा नक्कली नोट र नक्कली नोट बनाउन प्रयोग हुने स्ट्याम्प प्याड ३ थान, चम्किलो स्टिकर टेप ६ थान, ग्लु १० थान, मसी, ब्रस, फलामे स्केल, कैची लगायतका विभिन्न सामानसहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles