Wednesday, October 22, 2025

रिगलको सुनुवाइ अब कात्तिक १४ गते हुनेकाठमाडौं । संविधान दिवसका दिन राष्ट्रपतिबाट कैद माफी पाएका नेपालगन्जका रिगल भनिने योगराज ढकालको माफीविरुद्ध दायर रिटमाथिको सुनुवाइ कात्तिक १४ गते मात्र हुने भएको छ ।प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा आज (बिहीबार) सुनुवाइ सुरु भए पनि यी न्यायाधीशले यस्तै प्रकृतिको मुद्दा यसअघि सुनुवाइ गरिसकेकाले हेर्न नमिल्ने भन्दै कानुन व्यवसायीले प्रश्न उठाएपछि सुनुवाइ सारिएको हो ।सर्वोच्चले मुलुकी संहिता आउनुभन्दा अघिका घटनामा कैदीहरुले ४० प्रतिशत कैद भुक्तान गरेपछि ६० प्रतिशतसम्म कैद छुट पाउने भनी व्याख्या गरेको थियो । कारागार प्रशासनले सोही नजिरका आधारमा रिगललाई रिहा गरिएको दाबी गरेको छ ।सुनुवाइका क्रममा रिट निवेदकका तर्फबाट कानुन व्यवसायी तेजबहादुर कटुवाल, बालकृष्ण न्यौपानेलगायतले बहस गरेका थिए । तर, सरकारी तर्फबाट महान्यायाधिवक्ता दीनमणि पोखरेलको बहस गरेपछि छुट्याइएको खाजा समयपछि भने प्रधानन्यायाधीश श्रेष्ठलगायतले नै हेर्न नमिल्ने भन्दै कात्तिक १४ गतेका लागि पेसी तोकिएको हो ।अब दसैंको बिदा सुरु हुन लागेकाले कात्तिक १४ देखि मात्रै नियमित सुनुवाइ हुने इजलासले जनाएको छ । सुनुवाइकै क्रममा निवेदक भारती शेर्पासँग मुद्दा दसैंपछि सार्ने विषयमा प्रधानन्यायाधीश श्रेष्ठले राय बुझ्न खोजेका थिए । निवेदक शेर्पाले के मैले दसैंपछि न्याय पाउँछु त ? भन्दै प्रश्न गरेको थिइन् ।अघिल्लो साता सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्माको इजलासले सरकारसँग माफी दिनुपर्नाको कारण माग गरेको थियो ।साभार।

ताजा / भरखरै प्राप्त

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles