Tuesday, October 22, 2024

गृहमन्त्रीको अनावश्यक हस्तक्षेपले प्रहरीमा व्यापक असन्तुष्टि

ताजा / भरखरै प्राप्त

गृहमन्त्री नारायणकाजी श्रेष्ठको अनावश्यक हस्तक्षेपका कारण नेपाल प्रहरीमा व्यापक असन्तुष्टि बढेको छ । यसले प्रहरी संगठनमा दीर्घकालीन असर पर्ने विश्लेषण हुन थालेको छ ।पछिल्लो समय गृहमन्त्री श्रेष्ठले आन्तरिक सरुवाहरूमा समेत व्यापक हस्तक्षेप बढाएका छन् । गृहमन्त्रीको अनुमति नलिई आन्तरिक विभागहरूमा समेत सरुवा गर्ने अवस्था नरहेको प्रहरी स्रोतले बताएको छ ।
जिल्ला वा ठूला संरचनाहरूको इन्चार्ज तोक्ने सन्दर्भमा सामान्यतया गृहसँग सल्लाह गर्ने प्रचलन रहेको छ । तर, अहिले भने एउटै कार्यालयको एक विभागबाट अर्को विभागमा सरुवा गर्न समेत गृहमन्त्रीले रोक लगाएर अनुमति लिनुपर्ने बनाएका छन् ।

प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो– ‘गृहमन्त्रीबाट आन्तरिक सरूवामा समेत व्यापक हस्तक्षेप हुन थालेको छ । एक विभागबाट अर्को विभामा सरुवा गर्ने सन्दर्भमा पनि उहाँले अनुमति माग्नुपर्ने परिस्थिति बनाउनु भएको छ । यसले प्रहरीको कार्यसम्पादनमा असर परेको छ ।’आन्तरिक सरुवाहरूमा समेत गृहमन्त्रीले नै हस्तक्षेप गर्न थालेपछि विज्ञताका आधारमा गर्नुपर्ने सरुवाहरू समेत प्रभावित हुने गरेको छ । विषय विज्ञ प्रहरीहरूको सरुवा प्रभावित भएपछि प्रहरीको काम नै प्रभावित भएको छ । यसले प्रहरी संगठनमा दीर्घकालीन असर पार्ने एक पूर्व प्रहरी महानिरीक्षक बताउँछन् ।
उनले भने– ‘प्रहरीमा आन्तरिक सरुवा सामान्य हो । आवश्यकता र विज्ञताका आधारमा आन्तरिक सरुवा गर्नुपर्ने हुन्छ । एक विभागबाट अर्को विभागमा सरुवा सामान्य कुरा हो । तर, गृहमन्त्रीले आन्तरिक सरुवाहरूमा पनि हस्तक्षेप गर्नु राम्रो होइन । यसले, प्रहरीको कार्यसम्पादनमा ठूलो असर पर्छ ।’पछिल्लो समय प्रहरीले राम्रो काम गर्दै आएको छ । विशेष गरी नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण र सुन तस्करी प्रकरणमा प्रहरीले निर्वाह गरेको भूमिकाको चौतर्फी प्रशंसा भइरहेको छ ।प्रहरीले राम्रो काम गरेका कारण गृहमन्त्रीको समेत प्रशंसा भइरहेको बेला गृहमन्त्री भने प्रहरीमाथि अनावश्यक हस्तक्षेपमा लागेका हुन् ।
सुरुवाती चरणमा गृहमन्त्रीबाट राम्रो समन्वय भइरहेको बताउँदै आएका प्रहरी महानिरीक्षक वसन्त कुँवर पनि पछिल्लो समय गृहमन्त्रीसँग सन्तुष्ट छैनन् । त्यसै गरी, प्रहरीको प्रमुख र महत्त्वपूर्ण निकायहरूको नेतृत्व सम्हालेका एआइजीहरू समेत अनावश्यक हस्तक्षेपका कारण गृहमन्त्रीसँग सन्तुष्ट छैनन् ।प्रहरी प्रमुख कुँवर भने हाल विदेश भ्रमणमा छन् ।दृष्टि

Previous article
राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ताक्रिकेटर सन्दीप लामिछानेले त्रिकोणात्मक टी-२० श्रृंखला नखेल्ने भएका छन् ।नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिज आयोजना गरेको छ, जसका खेलहरु १ कात्तिकदेखि १० गतेसम्म हुनेछन् ।सन्दीपले भने प्रतियोगिता नखेल्ने निर्णय लिएका छन् । भारी मनका साथ टिमबाट आफ्नो नाम फिर्ता लिएको भन्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म आफ्नो जीवनको कठिन र चुनौतीपूर्ण समयबाट गुज्रिरहेको छु ।’यो बेला आफूले आफैंलाई नयाँ जीवन दिने र परिवारसँग समय बिताउन चाहेको उनले बताएका छन् ।उनले अघि भनेका छन्, ‘मैले अहिलेसम्म पाएको आशीर्वाद र शुभकामनाका लागि धन्यवाद दिन चाहन्छु ।’
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles