Tuesday, September 16, 2025

चार जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर

ताजा / भरखरै प्राप्त

गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ ।२३ असोजको निर्णयअनुसार दोलखा, सर्लाही, बाँके र इलामका प्रमुख जिल्ला अधिकारीहरु हेरफेर गरिएको मन्त्रालयले जनाएको छ ।
दोलखाका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाको सर्लाहीमा सरुवा भएको छ । सर्लाहीमा प्रजिअ रहेका इन्द्रदेव यादवलाई भने इलामको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।इलामका प्रजिअ श्रवणकुमार पोखरेललाई भने बाँके पठाइएको छ । बाँकेमा प्रमुख जिल्ला अधिकारी रहेका विपिन आचार्यलाई भने गृह मन्त्रालयमा सरुवा गरिएको छ ।गृहमा रहेका टुवाराज पोखरेललाई दोलखाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

Previous article
Next article
नक्कली नोट छाप्ने मेसिनसहित दुईजना पक्राउपश्चिम नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटबाट नक्कली नेपाली नोटसहित दुईजना पक्राउ परेका छन् ।नक्कली नोटको कारोबार हुँदै गरेको सूचनाका आधारमा बर्दघाट नगरपालिका ४ स्थित एक होटलमा प्रहरीले छापा मारेर पक्राउ गरेको हो ।पक्राउ पर्नेमा तनहुँको ऋषिङ-२ का २० वर्षीय सुरज विक र नवलपुरको बुलिङ्टार-३ ठिमुरेका कृष्णबहादुर विक छन् । उनीहरुका साथबाट एक हजार दरका १ लाख ३९ हजार बराबरको नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।नक्कली नोटसहित बुधबार पक्राउ परेका दुवैलाई सोधपुछ गर्दा छाप्ने मेसिनसमेत भएको पत्ता लागेको थियो ।पक्राउ परेकाको बयानपछि नक्कली नोट छापेर कारोबार गर्ने अरु पनि भएको आशंकामा प्रहरीले गिरोहको खोजीकार्य थालेको छ ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles