तस्करी बढेको गुनासोपरासी । सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानिय जनता, जनप्रतिनिधि लगायत सरोकारवालाहरुले नवलपरासी हुदै भारत बाट लागुऔषध तस्करी बढेको गुनासो गरेका छन् । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको थियो। सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानिय जनता, जनप्रतिनिधि लगायत सरोकारवालाहरुले खुल्ला सिमानाको फाईदा उठाउदै सिमावर्ती भारतिय बजारबाट लागुऔषध ओसारपसार भईरहेको भन्दै प्रहरीको ध्यानआर्कषण गराएका थिए ।सिमावर्ती भारतिय बजारमा गएर सेवन गर्ने र अन्य जिल्लामा पनि पठाउने काम नवलपरासी हुदै भईरहेको भन्दै स्थानियले प्रहरीले लागुऔषध नियन्त्रणमा निगरानी बढाउनुपर्नेमा जोड दिएको प्रहरी नायव उपरिक्षक रेशम बोहोरोले बताए । लागुऔषध सेवन र ओसारपसारमा नियन्त्रणका लागी जनचेतना अभियानसंगै निगरानी पनि बढाएको बोहोराले बताए । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा खैरो हिराईन सहित साढे सात किलो गाजा, १४ सय ट्याब्लेट र ९ सय २० एम्पुल विभिन्न प्रकारका लागुऔषध बरामद गर्नुका साथै १ सय १० जनालाई पक्राउ गरिएको पनि प्रहरीले जनाएको छ । सुझाव संकलन गरेर प्रहरीलाई समाजप्रति थप उत्तरदायि बनाउदै शान्ती सुरक्षा कायम गर्न सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको प्रहरी उपरिक्षक काजिकुमार आचार्यले बताए ।प्राप्त सुझावका आधारमा प्रहरीले रणनिति बनाएर लागुऔषध नियन्त्रण र अन्य सिमा सुरक्षाका काममा अगाडी बढ्ने उनले बताए । कार्यक्रममा राजनैतिक दल, जनप्रतिनिधि, स्थानिय लगाएत सरोकारवालाले लागुऔषध नियन्त्रण, शान्ती सुरक्षा कायम, तस्करी नियन्त्रण, सिमा नाकाको निगरानी, मल ओसारपसार, ट्राफिक चेकजाँच लगाएका विषयमा जिज्ञासा राखेका थिए ।कपडा बरामदपश्चिम नवलपरासीको सरावलमा भन्सार छली गरेर ल्याएको करिब १३ लाख बराबरको तयारी कपडा प्रहरीले बरामद गरेको छ । नेपाल भारत सीमावर्ती सरावल गाउँपालिका–७ बुलन्दपुरबाट कुर्ता–सरवाल, साडी, टप्सलगायत कपडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहोराले बताए ।बरामद भएको कपडा भन्सार कार्यालय महेशपुरमा बुझाइएको छ । चाडपर्व नाजिकिएसँगै बजारमा नयाँ लत्ताकपडाको माग बढेपछि भन्सार छलेर भारतबाट समान भित्र्याउने क्रम बढेको छ ।भन्सार कार्यालयमा एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा कर तिर्नुपर्ने भएपछि चोर नाकाबाट भन्सार छलेर सामान भित्रिरहेको छ ।यसअघि पनि नेपाल प्रहरीले सरावलबाट भन्सार छली गरेर ल्याएको साढे ४६ लाख मुल्य पर्ने अवैध समान बरामद भएको थियो । सरावल गाउँपालिका–६ भुजहवादेखि परासी आउँदै गरेको ना ६ ख ४७१६ नम्बरको कन्टेनर जाँच गर्दा भन्सार छली गरे ल्याएको सामान प्रहरीले बरामद गरेको हो । सामानसहित कन्टेनर चालक सरावल गाउँपालिका–५ का बशिष्ठ थारुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहोराले जानकारी दिए । बरामद भएको सामानमा जुत्ता, चप्पल, पेन्सिललगायत घरायसी सामान साढे २७ लाख र कन्टेनर १९ लाख रुपैयाँ बराबरको छ । बरामद सामान, कन्टेनर र चालकलाई भैरहवा भन्सारमा पठाइएको छ ।