Tuesday, October 22, 2024

राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ताकाठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले त्रिकोणात्मक टी-२० श्रृंखला नखेल्ने भएका छन् ।नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिज आयोजना गरेको छ, जसका खेलहरु १ कात्तिकदेखि १० गतेसम्म हुनेछन् ।सन्दीपले भने प्रतियोगिता नखेल्ने निर्णय लिएका छन् । भारी मनका साथ टिमबाट आफ्नो नाम फिर्ता लिएको भन्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म आफ्नो जीवनको कठिन र चुनौतीपूर्ण समयबाट गुज्रिरहेको छु ।’यो बेला आफूले आफैंलाई नयाँ जीवन दिने र परिवारसँग समय बिताउन चाहेको उनले बताएका छन् ।उनले अघि भनेका छन्, ‘मैले अहिलेसम्म पाएको आशीर्वाद र शुभकामनाका लागि धन्यवाद दिन चाहन्छु ।’

ताजा / भरखरै प्राप्त

Previous article
एसपी सा,प तस्करी नियन्त्रण कसरी होलासर्लाही । सर्लाहीका नाकाबाट तस्करी रोकिएको छैन । चाडपर्व नजिकिएसंगै सर्लाहीका नाकाहरूबाट भएको तस्करी झनै बढेको छ । जिल्ला प्रहरी कार्यलयका एसपी नरेश सुबेदीले तस्करीको लाइन नदिएपनि सीमावर्ती क्षेत्रका थाना चौकीका कार्यरत प्रहरीले तस्करी धन्दा चलाउन सहयोग गरिरहेका छन् । जसको कारण तस्करी धन्दा केही दिन यता सर्लाहीका केही नाकाबाट व्यापक तस्करी धन्दा चलेको छ ।पर्सा , सग्रामपुर , मधुवनी , अर्नाहा , बलरा र बहादुर नाकाबाट तस्करी धन्दा व्यापक चलेको छ ।यी नाकाबाट तस्करी भएको सामान बरहथवामा ल्याएर तस्करहरूले गोदाम गर्ने र बील बनाई अन्यत्र पठाउने गरिरहेका छन् ।अहिले यी नाकाबाट तस्करी गरेर बरहथवामा सामान ल्याई गोदाम गर्ने गरि लाइन पाउनेहरूमा बिनोद साह , श्याम साह , राजिव , नथुनी , धनलाल कनैह्या , सरोज , रामअयोध्या , बिक्रम , बिनय , धर्मेन्द्र कुशवाह कमलेश , अरबिन्द साह र संजय मुख्य छन् । यिनीहरूले प्रहरी सेटिङ भए पछि पिकअपबाट नै सामानको तस्करी धन्दा गरिरहेका छन् । यी कारोबारीहरूसंग सेटिङ मिलाउने सबै काम इलाका प्रहरी कार्यालय बरहथवाका घुमुवा सहायक हवल्दार जितु भन्ने जित नारायण यादवले गरिरहेका छन् । इप्रकाका डिएसपी लिलाराज लामिछानेले यादवलाई घुमुवाको रूपमा परिचालन गरिरहेका छन् । सग्रामपुर , पर्सा , मधुवनी , अर्नाहा , बलरा र बहादुरपुर नाकाबाट तस्करी भएको सबै सामान बरहथवामा आउने गर्छ । यी कारोवारीहरूसंग आर्थिक लेनदेनको काम यिनै घुमुवा जित नारायण यादवले गर्दै आएका छन् । तीनपटक सम्म गरेर सात बर्ष देखि जित नारायण बरहथवा इप्रकाको घुमुवाको रूपमा कार्यरत छन् । उनले असुली धन्दाको बारेमा प्रदेश प्रहरी र प्रहरी मुख्यालय सम्म गुनासो र उजुरी परेपनि कुनै छानबिन नभएको सोही इप्रकाका जुनियर अफिसरहरू बताउँछन् ।
Next article
राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ताक्रिकेटर सन्दीप लामिछानेले त्रिकोणात्मक टी-२० श्रृंखला नखेल्ने भएका छन् ।नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिज आयोजना गरेको छ, जसका खेलहरु १ कात्तिकदेखि १० गतेसम्म हुनेछन् ।सन्दीपले भने प्रतियोगिता नखेल्ने निर्णय लिएका छन् । भारी मनका साथ टिमबाट आफ्नो नाम फिर्ता लिएको भन्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म आफ्नो जीवनको कठिन र चुनौतीपूर्ण समयबाट गुज्रिरहेको छु ।’यो बेला आफूले आफैंलाई नयाँ जीवन दिने र परिवारसँग समय बिताउन चाहेको उनले बताएका छन् ।उनले अघि भनेका छन्, ‘मैले अहिलेसम्म पाएको आशीर्वाद र शुभकामनाका लागि धन्यवाद दिन चाहन्छु ।’
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles