यादवकाे लगानी , चाैलागाईकाे क्यारिङ१३ लाखको कपडा बरामदपरासी । पश्चिम नवलपरासीको सरावलमा भन्सार छली गरेर ल्याएको करिब १३ लाख बराबरको तयारी कपडा प्रहरीले बरामद गरेको छ । नेपाल भारत सीमावर्ती सरावल गाउँपालिका-७ बुलन्दपुरबाट कुर्ता-सरवाल, साडी, टप्सलगायत कपडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहोराले बताए ।बरामद भएको कपडा भन्सार कार्यालय महेशपुरमा बुझाइएको छ ।सरावलमा बरामद भएको कपडा व्यापारी राम प्रसाद यादवको भएको खुलेको छ। बिरगंज घर भएर चितवनको नारायणगढमा व्यापार गर्दै आएका राम प्रसाद यादवले आंफुले बेच्ने कपडा बर्दघाटका बिष्णु चाैलागाईलाई क्यारिङ गर्न दिदै आएका थिए। क्यारिङकाे नाममा स्थानीय प्रहरीलाई सेटिङ मिलाएर तस्करी धन्दा गर्दै आएका बिष्णु चापागाईंले यसपटक भने सेटिङ मिलाउन नसक्दा उनलेे ल्याएको कपडा बरामद भएको हो । इप्रका महेशपुरका प्रहरी निरीक्षकले उनको कपडा बरामद गरेका हुन । चाडपर्व नाजिकिएसँगै बजारमा नयाँ लत्ताकपडाको माग बढेपछि भन्सार छलेर भारतबाट समान भित्र्याउने क्रम बढेको छ ।भन्सार कार्यालयमा एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा कर तिर्नुपर्ने भएपछि चोर नाकाबाट भन्सार छलेर सामान भित्रिरहेको छ ।