Monday, June 30, 2025

राजु पाण्डे नगर प्रहरी वरिष्ठ उपरीक्षक बढुवा

ताजा / भरखरै प्राप्त

काठमाडौं महानगरपालिकाले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको बढुवा गरेको छ ।हाल नगर प्रहरी उपरीक्षक रहेका पाण्डेलाई मंगलबार बसेको कार्यपालिका वैठकले नगर प्रहरी वरिष्ठ उपरीक्षक पद दिने निर्णय गरेको हो ।महानगरपालिकाको नगर प्रहरी ऐनमा नगर प्रहरी प्रमुख एसएसपी हुने प्रावधान छ । सोही अनुसार कार्यपालिका वैठकमा सुशासन समितिका संयोजक ख्यामराज तिवारीले प्रस्ताव गरेको ३ जना एसपीको नाममध्ये पाण्डेको नाम एसएसपीमा सर्वसम्मतिले निर्णय गरेको प्रवक्ता नविन मानन्धरले बताए ।समितिले एक नम्बरमा पाण्डे, दुई नम्बरमा विष्णु जोशी र ३ नम्बरमा दिनेश अर्यालको नाम सिफारिस गरेको थियो । कार्यसम्पादन मुल्यांकन, वरियताको आधारमा पाण्डेको नाममा निर्णय गरेको मानन्धरले बताए ।

Previous article
प्रहरीद्वारा पसलमा छापाकारागारको ११४ बोरा चामल बरामदरौतहट । रौतहटको सदरमुकाम गौर कारागारमा कैदी बन्दीको लागि आएको चामल पसलमा विक्री भएको देखिए पछि प्रहरीले छापा मारी ११४ बोरा चामल बरामद गरेको छ । कारागारमा बन्द जीवन बिताइरहेका कैदीको लागि आएको चामल स्थानीय एक पसलमा बिक्री भएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गौर बाट गएको टोलीले छापा मारी उक्त परिणामको चामल बरामद गरेको हो।कैदीहरूको लागि जनही प्रतिदिन ७०० ग्राम चामल र ८० रुपैयाँ नगद सरकारले दिँदै आएको छ। आइतबार घटस्थापना बिदाको मौका छोपी गौरको बरहवा पुल छेउको खाद्यान्न पसलमा कारागारका मुख्य चौकीदार मनोजकुमार बैठाले विक्री गरेको केही बेरमै प्रहरीले उक्त पसलमा छापा मारी ११४ बोरा चामल बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles