Tuesday, October 22, 2024

कात्तिक,१ गते – बीरगञ्ज । सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलेमतोमा बाराको बलिरामपुर, छतवा, बरैनिया, मुसरहवा, लङडा चाैक,मट्टीहरवा, कचोरवा, सेम्राैनगढ, तथा पर्साको अलौं, सिर्सिया, भेलाही, प्रसौनीभाठ्ठा, अमरपट्टिा, सिक्टा र भिस्वा नाकाबाट व्यापक मात्रामा तस्करीको लाइन सुचारु भएको छ ।

ताजा / भरखरै प्राप्त

प्रमुख बीरगञ्ज भन्सार नाकाबाट सानोतिनो घरायसी सामानलाई रोकेर तस्करीमा कडाइ गरिएको ढोल पिट्ने सशस्त्र र नेपाल प्रहरीले तस्करहरूसँग मोटो रकम असुलेर लाइन खोलेको हो । जबकी रक्सौल बजारबाट घरायसी सामान किनेर ल्याउने सर्वसाधारणहरूले एक सय रूपैयाँ भन्दा बढीको सामान ल्याउँदा बीरगञ्ज भन्सार नाकामा सशस्त्र प्रहरीको तनाव खेप्नु पर्छ ।

नेपाल प्रहरीका सीमा प्रहरी चौकी तथा सशस्त्र प्रहरीको बीओपी, बेसक्याम्प लगायतका ईन्चार्जसँग लाइन मिलाएर तस्करहरूले बाराको मुसरहवा र बलिरामपुर हुँदै पर्साको भूटनदेवी मन्दिरबाट रातको समयमा लाखौंको भन्सार राजश्व छली नेपाल भित्र्याउने गरेका छन् । चर्चित तस्करहरू मुखिया र मुकेश गुप्ताले बाराको मुसरहवा र बलिरामपुरबाट दैनिक काजु, कपडा र हार्डवेयरको काम गरिरहेको बताइन्छ ।

समाचारका अनुसार दैनिक १५० देखि २०० पोका कपडा तथा काजु र हार्डवेयरका सामान यी नाकाबाट नेपाल भित्र्याएर पर्सामा जम्मा गर्ने गरिएको छ । त्यस्तै बीरगञ्ज भन्सार सेटिङमा पनि दर्जनौ तस्करहरूले काम गरिरहेको बताइएको छ । गत असार २८ गते मात्र भिस्वाको लक्ष्मी पाटी प्यालेस नजिकैबाट पिकअप (अटो रिक्सा) हुँदै आइरहेको भन्सार छलीको माल नेपाल प्रहरीको टोलीले पक्राउ गरेको थियो । तर प्रहरीले तस्करसँगको साँठगाँठमा मालसामान भन्सार बुझाएर पिकअप भने छोडेको छ । यसवापत ३ लाखको चलखेल भएको दावी समाचार स्रोतको छ । सो सामान मुखिया र मुकेश गुप्ताको रहेको दावी समाचार स्रोतको छ । त्यस्तै सुरेन्द्र कलवारले बीरगञ्ज भन्सार पछाडिको बाटो प्रयोग गरी साइकलमा कपडाको कारोवार गर्ने गरेका छन् ।

यसै गरी तस्करहरूले अहिले खसी बाख्रा व्यापक मात्रामा नेपाल भित्र्याइरहेका छन् । बिना क्वारेन्टाइन उनले हरियाणका खसी बाख्रा भारतको सीमावर्ती नाका हुँदै नेपाल भित्र्याउने गरेका छन् । उनले सिर्सिया, छपकहिय, बीओपीसँगको मिलेमतोमा सो नाकाबाट खसी बाख्रा नेपाल भित्र्याउने गरेका छन् ।

बिगतमा परासीबाट खसीको कारोवार गर्ने नौसादले त्यहाँ स्ट्रीङ अपरेशनमा परेपछि इनर्वा आएर कारोवार थालेका हुन् । सो नाकाबाट रातदिन लगाएर जम्मा पारिएको खसीबाख्रा प्रति ट्रक तीन हजारको संख्यामा लोड गरी काठमाडौं पठाउने गरेका छन् ।

बीरगञ्जमा यसरी हुन्छ तस्करी

Previous article
Next article
सशस्त्र प्रहरीको पम्पबाटै कम परिमाणमा पेट्रोल बिक्री भएपछि…केन्द्रीय अनुगमन टोलीले आज मात्रै काठमाडौंका थप २ वटा पट्रोल पम्प सिल गरेको छ । मंगलबार मात्रै अनुगमन क्रममा उपभाक्तालाई कम मात्रामा पेट्रोल बिक्री गरेको भन्दै गैरी गाउँको भ्याली बाबा सप्लायर्समा सिल गरिएको थियो ।बुधबार गरिएको अनुगमन क्रममा सोही प्रकृतिको ठगी गरेर उपभोक्तालाई कम परिमाणमा तेल दिएको भन्दै सशस्त्र प्रहरीले सञ्चालन गरेको स्वम्भूस्थित हलचोक फ्युल सेन्टर पम्प र कलंकीको श्यामा पेट्रोल पम्पमा सिल गरिएको प्रधानमन्त्री कार्यालयको हेल्लो सरकारबाट अनुगमनमा खटिएका प्रधुम्न उपाध्ययले बताए ।‘उपभोक्तालाई कम मात्रामा पेट्रोल बिक्री गर्ने दुई वटा पम्प सिल गरेका छौं,’ उपाध्यायले भने,‘ सशस्त्र प्रहरीको पम्पबाटै कम मात्रामा पेट्रोल बिक्री गरिने गरेको पत्ता लागेको छ । कलंकीको श्यामा पम्प पनि सिल गरेका छौं थप अनुसन्धान हुँदैछ । ’उक्त दुवै पेट्रोल पम्पले बिक्री गरेको मूल्य भन्दा कम परिमाणमा उपभोक्तलाई पेट्रोद बिक्री गरेको अनुगमन टोलीको प्रारम्भिक निश्कर्ष छ ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles