आइतबार राति छतवामा पुगेको जिल्लाको टोलीले भारतबाट तस्करीको धान नेपालतर्फ ल्याइरहेको अवस्थामा ४ वटा मोटरसाइकल र ५५ बोरा धान बरामद गरेको थियो । सोमबार पनि छतवामा जिल्ला प्रहरी कार्यालय बाराको टोली तस्करी नियन्त्रणमा खटिएको थियो । सोमबार भन्सारछली नियन्त्रणमा खटिएको जिल्ला प्रहरीको टोलीमाथि छतवा चौकीमै तस्करहरुको समूहले आक्रमण गरेका छन् ।
