Tuesday, October 22, 2024

कोशी प्रदेशमा नेपाल किसान महासंघको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न ।

ताजा / भरखरै प्राप्त

नेपाल किसान महासंघ कोशी प्रदेश तदर्थ समितिले २०८० सालको बडा दशै, शुभ दिपावली, छैठ तथा नेपाल सम्वतको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ । झापाको दमक ४ कृष्णमन्दीर स्थित होटल क्याफेमा आयोजना गरिएको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रमले किसानलाई कांग्रेससँग जोड्ने पुलको काम गरेको छ ।

आज दमकमा संविधानसभा सदस्य तथा नेपाल आदिवासी जनजाति महासंघका कोशी प्रदेश समितिका अध्यक्ष विश्वदीप लिङ्देनको प्रमुख आतित्थ्यतामा सम्पन्न चियापान तथा शुभकामना आदनप्रदान कार्यक्रममा बिशिस्ट अतिथी दमक नगरपालिकाकी उपप्रमुख तथा नेपाली कांग्रेस कोशी प्रदेश समिति सदस्य रेगिना भट्टराई प्रसाईं रहेको नेपाल किसान महासङ्घका मोरङ जिल्ला अध्यक्ष बशन्त हुमागाईले नेपालबहश डटकमलाई बताए ।

कार्यक्रममा शुभकामना दिने अधिकांश वक्ताहरुले नेपाल खाद्यान्नमा परनिर्भर बन्दै जानु दुखद भएको बताउँदै नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन नेपाल किसान महासंघको भूमिका महत्वपूर्ण हुने बताएका छन् । कार्यक्रममा नेपाली काँग्रेस झापा क्षेत्र नम्बर ५ का क्षेत्रीय सभापति ढुण्डिराजभण्डारीले बिगतका तिता मिठा कुराहरु डिलिट गरि अब नयाँ शिराबाट एकजुट र एकताबद्ध भएर अगाडि बढ्न हामी सबैलाई नवदुर्गा भवानीले सद्बुद्धि प्रदान गरुन भन्दै सबैलाई नेपाली हरुका आउदै गरेका बडादशैं, दिपावली लगायतका पर्वहरु हर्षोल्लासका साथ मनाउन शुभकामना व्यक्त गरेका थिए ।

नेपाली कांग्रेसका युवा नेता तथा झापा क्षेत्र नम्बर ५ “ख” का प्रदेशसभा सभापति रवि केसीले नेपाल किसान महासंघ कोशी प्रदेशको सक्रियताले पार्टीलाई अझ बढी क्रियाशील र सक्रिय बन्न थप दवाव मिलेको भन्दै वास्तविक किसानका समस्याहरु वडा तहसम्म पुगेर लिन सक्नु र त्यसलाई समाधान गर्न पहल गर्न सक्ने हो भने नेपाली कांग्रेस थप बलियो बन्ने भएकोले प्रदेश”ख” भित्रका १३ वटै वडाहरुमा पार्टीले गर्नुपर्ने हर प्रकारका सहयोग गर्न आफु तत्पर रहेको बताएका थिए ।

नेपाल किसान महासंघका केन्द्रीय सदस्य डम्बर कार्कीले युवाहरु राजनीतिबाट पलायन हुँदै जान थालेपछि राजनीतिक भविष्य कस्तो रहला भन्ने चिन्ता व्यक्त गर्दै विगतमा संगठन निर्माण गर्दा देखिने युवाहरूको बाक्लो उपस्थिति हराउँदै अहिले कमिटी गठन गर्न पनि नपुग्ने अवस्था आएको प्रति कटाक्ष गर्दै अब युवाहरुलाई स्वरोजगार र राजनीतिमा उचित अवसर प्रदान गर्ने काम नेपाली कांग्रेसले गर्नुपर्ने धारणा राखेका थिए ।

आफ्ना शुभकामना मन्तव्यमा नेपाल किसान महासंघ मोरङ जिल्ला अध्यक्ष वसन्त होमागाईले पार्टी नेतृत्वको दबाब र मनोनयनमामा हस्तक्षेपका कारण क्षेत्र, प्रदेश र पालिकाहरुमा महासंघको संगठन विस्तारमा ढिलाई भइरहेको जानकारी गराउँदै हामी कुरा कम र काम बढी गर्ने श्लोगनका साथ अगाडि बढिरहेको बताएका थिए ।

मन्तव्यको क्रममा बिशिष्ठ अतिथि दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईंले नगरपालिकामा अझै पनि वास्तविक किसानले अवसर पाउन नसकेकोमा दुःख व्यक्त गर्दै महासंघले किसानलाई नगरपालिकासम्म जोडिदिने र वास्तविक किसानले कृषिको लगानी र अनुदान प्राप्त गर्ने वातावरण मिलाइदिन अनुरोध समेत गरेकी थिईन ।

शुभकामना तथा चियापान कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य तथा नेपाल आदिवासी जनजाति माहासंघ कोशी प्रदेश अध्यक्ष नेपाली कांग्रेसका युवानेता विश्वदीप लिङ्देनले असल नेतृत्वसँग जिम्मेवारी, उत्तरदायित्व र जवाफदेहिता हुनुपर्छ भन्दै पार्टीले जिम्मेवारी दिन खोज्दा जिम्मेवारी लिन अग्रसर नहुने तर चिया पसलमा विपक्षीसँग बसेर आफ्नै नेतृत्वको विरोध गर्ने रोगको उपचार नगरी नेपाली कांग्रेस र भातृ तथा शुभेच्छुक संस्थाहरु बलियो हुन नसक्ने धारणा राख्दै नेता लिङ्गदेनले नेता रहरले हैन गुणले मात्रै बन्न सक्ने यथार्थतामाथि सटिक ब्यङ्ग्य प्रहार गरेका थिए ।

नेता लिङ्देनले भारी बोक्नै नसक्नेलाई फेरी पोको थपिदिने काम गर्दा युवाहरु राजनीतिबाट पलायन हुन सक्ने तर्फ सचेत गराउँदै अब नेपाली कांग्रेसको नेतृत्वले भातृ तथा शुभेच्छुक संस्थाहरुलाई एकसाथ लिएर अगाडि बढनेमा आफू आशावादी रहेको बताएका थिए ।

नेपाल किसान महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेपाली काँग्रेसका कोशी प्रदेश समिति सदस्य भूमिराज राई, महाधिवेशन प्रतिनिधी मेदनी सिटौला नेपाल सांस्कृतिक सङ्घका केन्द्रीय सदस्य दिलबहादुर बुढाथोकी, महासंघका झापा जिल्ला अध्यक्ष रतन थिङ्गलाबो, मोरङ अध्यक्ष वसन्त होमागाई, नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधिहरु, दमक वार्ड नं. ४ का वडा अध्यक्ष तथा वडा सभापतिहरु, निम्स नेशनल हस्पिटलका अध्यक्ष तथ पुर्व महाधिवेशन प्रतिनिधि उमाकान्त आचार्य, नेपाल किसान महासंघ कोशी प्रदेशका उपसभापति सचिव कोषाध्यक्ष, सहसचिव तथा सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

आजको कार्यक्रममा नेपाल किसान महासंघका कोशी प्रदेशमा विभिन्न पदमा मनोनयन भएका कोषाध्यक्ष पदमा शान्ता बस्नेत कार्की, सहसचिवमा वर्तमान धिमाल, सदस्यहरुमा नेत्र प्रसाद बाँस्कोटा(ईलाम) र सुरज श्रेष्ठ(मोरंग)लाई प्रमुख अतिथि विश्वदीप लिङ्गदेन तथा नेपाल किसान महासंघका केन्द्रीय सदस्य डम्बरबहादुर कार्कीले मनोनयन पत्र हस्तान्तरण गरेका थिए । कार्यक्रमको संञ्चालन नेपाल किसान महासंघका कोशी प्रदेश सचिव यज्ञ प्रसाद भट्टराईले गरेका थिए ।

Previous article
Next article
तस्करीको ९२ बोरा चिनी बरामद :इलाका प्रहरी कार्यालय बनेपाको प्रहरी टोलीले राजस्व छली ल्याएको ९२ बोरा चिनी बरामद गरेको छ। काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-७ स्थित अरनिको राजमार्गमा सवारी जाँचका क्रममा ना ६ ख ६२१९ नं को ट्रकमा राजस्व छली ल्याएको ५० किलोका ९२ बोरा चिनीसहित ट्रकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।ट्रकमा धानको बोराले छोपी ल्याएको ९२ बोरा चिनी अन्दाजी पाँच लाख ९८ हजार रुपैयाँको चिनी र २८ बोरा अन्दाजी ४२ हजार रुपैयाँको धान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए। बजारमा हाल चिनीको हाहाकार हुँदा तस्करी मौलाएको हो।श्रेष्ठका अनुसार बिहीबार अपरान्ह ट्रक पनौतीबाट बनेपातर्फ आइरहेको अवस्थामा धुलिखेल नगरपालिका-२ का ३७ वर्षीय चालक राजु तिमल्सिनालाई चिनीसहित नियन्त्रणमा लिइएको हो।सवारी जाँचका क्रममा चालकसँग चिनी खरिदसम्बन्धी कुनै पनि कागजात नभएकाले अवैधरुपमा चिनी ओसारपसार गर्न प्रयोग गरिएको उक्त ट्रक र चालकलाई आवश्यक अनुसन्धानका लागि ललितपुरको हरिहर भवनस्थित राजस्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनायो।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles