Sunday, June 29, 2025

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउकाभ्रे । नमोबुद्ध नगरपालिका-१० पुरानोगाउँ बस्ने बिनोद हुमागाईको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४४ वर्षीय रामचन्द्र बिष्ट लगायत ८ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।विशेष सूचनाको आधारमा प्रहरी चौकी श्यामपाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५३ हजार ४ सय ७० रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

ताजा / भरखरै प्राप्त

Previous article
Next article
ढाेग नगरेको भन्दै कुटपिट गर्दा एक जनाको मृत्युसुर्खेत। ढाेग (दर्शन) नगरेको भन्दै कुटपिट गर्दा सल्यानमा एक जनाको मृत्यु भएकाे छ। मृत्यु हुनेमा बागचौर नगरपालिका -७ कोटबारा पुरानछाप निवासी २० वर्षीय घनश्याम ओली रहेका छन्।उनलाई छिमेकी गाउँ स्याँलाका २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओलीले ४ कार्तिकमा कुटपिट गरेका थिए । सोही दिन गाउँको भलिबल खेल्ने मैदानमा सहभागी सबैजना सहभागी थिए ।स्याँला गाउँबाट आएका केशर र सन्ताेषले घनश्यामलाई हामीहरू तेरो दाई पर्छौं ढोग गर भनेर भनेका थिए । तर, घनश्यामले ढाेग दिएनन् । त्यसपछि उनीहरूले कुटपिट गरेका थिए । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक नवीन कार्कीका अनुसार घाइते हुनेगरी कुटपिट गरेपछी घनश्यामकाे उपचारका क्रममा बुधबार भारतको लखनउमा मृत्युु भएकाे छ।रिवारले घनश्यामकाे स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि दसैंकाे अघिल्लो दिन बागचौर स्थित जनप्रिय मेडिकलमा पुर्‍याएका थिए । डाक्टरले शरीर भित्र रगत जमेको र यहाँ उपचार सम्भव नहुने बताएपछि नेपालगञ्ज हुँदै भारतमा लागेको प्रहरी प्रमुख कार्कीले बताए ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles