Tuesday, October 22, 2024

प्रहरीले दियो तस्करीको लाइन, असई यादब घुमुवा कमाण्डर

ताजा / भरखरै प्राप्त

मलंगवा, ३ साउन ।
सर्लाहीमा प्रहरीकै सेटिङमा तस्करी बढेको छ । कपडादेखि मदिरा तस्करी गर्नेहरुको सीमा प्रहरी चौकीदेखि जिल्ला प्रहरी कार्यालयसम्मै सेटिङ रहेको छ ।
तस्करको समूहसँग कनेक्सन भए पनि तेजनारायण यादवले सबै सेटिङ मिलाउने गरेका तथा सर्लाहीका अन्य नाकामा पनि तस्करीको लाइन खुलाएका छन् ।
सर्लाहीमा बढी तस्करी हुने नाकामध्ये प्रहरी चौकी पर्सा, सीमा प्रहरी चौकी त्रिभुवननगर, प्रहरी चौकी गोरखकाली, अर्नाहा, बलरा पहिलादेखि नै नाम कमाएका नाका मानिन्छ ।
यी सबै चौकीका इन्चार्जहरुले जिल्लाका हाकिमदेखि प्रदेश सम्मको सेटिङमा तस्करीको लाइन दिएका छन् । प्रहरी चौकी पर्साका इन्चार्ज स.ई. प्रहरी नायब निरीक्षक अवधेश यादव छन् । उनले उक्त नाकाबाट दिलीप यादव, माष्टर यदव र सरोज ठाकुरलाई लाइन दिएका छन् ।
त्यसैगरी सीमा प्रहरी चौकी त्रिभुवननगर पनि चर्चामा रहेका छन्् । सँे ठाउँका इन्चार्ज बरिष्ठ सई दीपेन्द्रराज गिरीको छुंट्टै पहिचान छ । उनले किराना सामानका मास्टर मुन्ना साह, कपडाका हुसेनी मियाँ र हार्डवेयरका बिजय साहसँग सेटिङ्ग मिलाएर कमाउने गरेका छन् । यसैगरी प्रहरी चौकी गोरखकालीको प्रमुख असई संजय महतोले तस्करीका कारोबारीहरु मध्ये, कपडाका अशोक चौरसिया, सन्तोष दास, राकेश गुप्ता, सराजुल अन्सारी र काजुका अन्तोष दाससँग सेटिङ्ग मिलाएर कमाउदै आएका छन् ।
यसैगरी प्रहरी चौकी अर्नाहाबाट लाइन पाउनेहरुमा कुखुरा चल्लाका कारोबारी राजेश ठाकुर, गिटी बालुवादेखि धानसम्मको कारोबार मनोज सिंहले गर्दैआएका छन् ।
प्रहरी चौकी भाडसरका इन्चार्ज परमानन्द पाण्डेय रहेका छन् । सो नाकाबाट कैलाश यादव र बिजय यादवले धान र गहुँ भारतबाट नेपालतर्फ तस्करी गर्ने गरेका छन्, भडसर नाकाबाट कबाडीको काम अशोक चौधरीले गदै आएका छन् । सीमा प्रहरी चौकी बलराका इन्चार्ज सई दीपेन्द्र मल्ल पनि कम छैन । अन्य नाकाबाट तस्करी सुरु गरेपछि उनले पनि आप्mनो एरियामा पर्ने नाकाबाट लाईन दिएका छन् । उनी तेस्रो पटक बलराको चौकी इन्चार्जमा आएका हुन् ।
मल्लको दरबन्दी पर्सामा रहेपनि प्रदेशमा हाजिर नै नभई बलरामा खटिदै आएका ह्न् । उनी पटकपटक अवसर पाइ रहने जुनियर अधिकृत हुन् ।
तस्करीको सेटिङमा पारगंत भएकाले डीआईजीलाई रिझाएर उनी तेस्रो पटक बलरा पुग्न सफल भएका ब्यक्ति हुन् । उनको एरियाबाट अरुण सिंह, गिटीबालुवा, मुन्ना महतो बालुवा, बियर र मदिरा, श्याम साह र प्रभान्सले तस्करी गर्दैआएका छन् ।
सराजुल अन्सारीले भारतबाट कपडा ल्याउने र सिन्धुलीबाट साना गाडीमा काठमाडौं पठाउने गर्दछन् । सिन्धुलीमा सेटिङ नमिले रात्रिबसमा फल्स बटम बनाएर तस्करी गराउँदैआएका छन् । रात्रिबसमा तस्करीमा सघाउने कार्यमा मकवानपुरका घुमुवा सुरेन्द्र साहले गर्दैआएका छन् ।
पर्सामा केही दिन तस्करी बन्द भएकाले पर्सा जिल्लाका केही तस्करहरूले तस्करी गर्नकालागी सर्लाही र धनुषा जिल्लाबाट कारोबार सुरु गरेका छिपहरमाई गाउँपालिकाका मुन्ना गुप्ताले बताउँछन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles