Tuesday, October 22, 2024

मुस्लिम समुदायहरु दाहा (ताजिया) मनाए

ताजा / भरखरै प्राप्त

बारा, ३ गते ।
मुस्लिम समुदायले बुधबार ताजिया अर्थात दाहामा घरेलु सशस्त्र हाथ, हथियारसहित प्रर्दशन गर्दै गाउँ, नगर परिक्रमगरी मनाएका छन् ।
गतबर्षको तुलनामा यसबर्ष गाउँटोलमा दाहा केही कम सँख्यामा रहेता पनि दाहा (ताजिया) धुमधामका साथ मनाईएको मुस्लिम अगुवाहरु बताउछन् ।
मोहमद साहेबको नाती दुबै दाजभाई हसन, हुसेन शहिद हुनु भएको दिनको सम्झनामा यसरी ताजिया (दाहा) सहितको घरेलु हथियारसहित नारा जुलुस गर्दै बेलुका एउटा क्नै निश्चित ठाउँमा राखेर सम्पन्न गरिन्छ ।
मुलुकका अधिकाँश मुस्लिम बस्तीहरुमा यसबर्षको ताजिया (दाहा) शान्ति पूर्वक मनाइएको बाराको महागढीमाई नगरपालिका वडा नम्बर ३ बस्ने ताजिया (दाहा) बनाउने मिस्त्री गणी महमदले बताउनुभयो ।
ईस्लामिक कलेण्ड्रको पहिलो महिनाको नाउ मुहर्रम पनि भनिन्छ । मुस्लिम समुदायको पवित्र महिनाको रुपमा मुहर्रमलाई धार्मिक अस्थाको प्रतिक पनि मानिन्छ । यो महिनादेखि उनीहरुको नयाँ साल सुभारम्भ हुन्छ ।
इस्लामिक कानूनको नयाँ महिना हो । यो महिनाको दशौ दिन मोहर्रम पर्व मनाईन्छ । मोहर्रम महिनाको १० औं दिन रोज–ए–आशरा भनिन्छ, यो दिन हजरत इमाम हुसैन शहिद हुनु भएको नेपाल मुस्लिम संगठनका पूर्व संयोजक फरमुल्लाह मंसुरले बताउनुभयो ।
ईस्लाम धर्मको संस्थापक हजरत मुहम्मद साहबको सानो नवासे हजरत इमाम हुसैनले कर्बलामा ७२ साथिसहित शहिद हुनु भएको यो महिनालाई शोक मनाउने महिनाको रुपमा पनि मनाईन्छ, छिपहरमाई गाउँपालिका–५ का गौसिया गुल्सने मदिना मर्दासा भिस्वाका मौलाना मोहमद क्लाम आलमले जानकारी दिनुभयो ।
इमाम हुसैन शहिद हुनु भएको दिनलाई मुस्लिम धर्मालम्बीहरुले ताजिया (दाहा) बनाएर जुलूस निकाली सशस्त्र शक्ति प्रर्दशन गर्दै साँझको समयमा मेलामा परिणत हुँदै आएको छ, यता ताजिया निकालने परंपरा शिया मुस्लिमहरुले मात्र गर्छन् , सुन्नी समुदायले ताजिया (दाहा) मनाउदैन् , यो महिनामा १० दिन रोजा बस्छन् । कुरानको तिलावत पढने गरिन्छ, महागढीमाई नगरपालिकाको सेक्रेटरी अमानुल्लाह अलीले जानकारी दिनुभयो ।
ताजियाको इतिहास के छ ।
इराकमा इमाम हुसैनको रोजा–ए–मुबारक (दरगाह) छ, दरगाह जस्तै ताजिया बनाईन्छ, ताजियादारीको शुरुआत भारतमा भएको ईतिहास छ । तत्कालीन बादशाह तैमूर लंगले १४०१ बर्ष पहिला मुहर्रमको महिनामा इमाम हुसैनको लागि (दरगाह) बनाएको तथा ताजिया नाम दिनु भएको थियो ।
इमाम हुसैन तथा उनका ७२ जना साथिले शाहदत प्राप्त गर्नु भएको यादमा ताजियेदारी गरिएको दिनदेखि मुस्लिम समुदायले ताजिया मनाउदै आएको अधिवक्ता एकरामुल हकले जानकारी दिनुभयो । दाहामा नेपाल प्रहरी
यसरी मधेश प्रदेशको आर्थिक राजधानी बिरगंजमा दाहा प्रर्दशन गर्ने बेलामा कुनै अप्रिय घटना हुन नदिन व्यापक सँख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । दाहा निकाल्ने ठाउँमा पर्साका प्रहरी उपरीक्षक (एस.पी.)कुमोद ढुङ्गेलसहितको प्रहरी टोलीले गस्ती गर्नु भएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles