Friday, March 14, 2025

७९२ जना प्रहरीको राजीनामा

ताजा / भरखरै प्राप्त

पर्सा, ७ साउन ।
सात सय ९२ जना प्रहरीले राजीनामा दिएका छन् । पछिल्लो तीन वर्षको अवधीमा आर्थिकबर्ष ०८०/८१ को एक वर्षमा उनीहरुले राजिनामा दिएको हो ।
प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएका छन् ।
गतबर्ष २०७९/८० मा ६३३ तथा २०७८/७९ मा ४९९ जना प्रहरीले राजीनामा दिएका थिए । जागिर अवधी भरीमा सुविधा कम तथा डिउटी धेरै हुने भएकाले तल्लो तहका धेरै प्रहरीले पेन्सन अवधि पुगेपछि राजीनामा दिने गरेका छन् । कतिपयले पेन्सन अवधि नै नपुगी राजीनामा दिने गरेको पत्रकार सम्मेलनमा जनाइएको छ । तल्लो तहका प्रहरीले १६ वर्षमै पेन्सनको सुविधा दिन माग गर्दै आएका छन् भने, जुन सरकार आएपनि बोलीमा सो कुरालाई सम्बोधन गर्ने र व्यवहारसहितको कानूनमा कार्यान्वायन नगर्ने भएपछि यसरी राजिनामा दिनेहरुको सँख्या बढ्दो रहेको छ । जबकी नेपाली सेनामा चार वर्षअघि नै यो प्रावधान कार्यान्वायन भइसकेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles