Tuesday, October 22, 2024

पर्सा जिल्लाको बिरगंजमा टायर बालेर भयो प्रदर्शन ।

ताजा / भरखरै प्राप्त

भदौ ४ गते बिरगंज । सवारी दुर्घटनामा बिरगंजका फैयाजुलहकको मृत्यु,नारायणी अस्पताल अगाडी आफ्न्तको प्रदर्शन पछि अवस्था सामान्य।

बिरगंज वडा नम्बर १६ बाईपास सडकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ ।

मृत्यु हुनेमा बिरगंज महानगरपालिका वार्ड नम्बर २ छपकैयाका नैमुल मियाको छोरा ३२ वर्ष को फैजुल हक उस्मानी रहेको प्रहरीले जनाएका छन् ।

साउन ३१ गते राती ११स्५९ बजेको समयमा बिरगंज वडा नम्बर १६ माईधिया पोखरी बाईपास सडक खण्डमा बिआर २२ बिसि ०४९२ नम्बरको भारतीय कारले प्र।३।००५ प ५७२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा फैजुलहक उस्मानी गम्भीर घाइते भएका थिए
आफन्तले बताएका छन् ।

उनी बिरगंज महानगरपालिकाका कर्मचारी पनि थिए । ठक्करबाट घाइते भएका फैजुलहक मियाँ सोमबार साँझ उपचारको क्रममा नेपाल मेडिसिटी बयोधा हस्पिटलमा मृत्यु भएका छन् ।

मृत्युु भएपछि मृतकका परिवारजनहरूले प्रहरीले कानुनी प्रक्रिया अगाडि नबढाएको भन्दै आक्रोश व्यक्त गर्दै आज विरोध प्रदर्शन गरेका छन् ।

मृतकका परिवारजनले दिएको जाहेरी प्रहरीले दर्ता नगरेको भन्दै स्थानीय बासिन्दाहरूले नारायणी अस्पताल अगाडि टायर बालेर प्रदर्शन गरेका थिए । प्रदर्शनका कारण केही बेर सडक अवरुद्ध भएको थियो ।
घटनाको संवेदनशीलता देखेर पर्सा प्रहरीले पीडित परिवारसँग छलफल गरेको थियो ।
पछि सवारी ज्यान मुद्दा दर्ता गर्ने सहमति भएको पर्सा प्रहरीले जानकारी दिएपछि ।
प्रहरीले मृतकको परिवारको मागको सम्बोधन गर्दै मुद्दा दर्ता गरेपछि विरोध प्रदर्शन रोकिएको मृत्कका आफन्तले जनाएका छन् ।

ठक्कर दिने भारतीय कारलाई बिरगंज महानगरपालिका वडा नम्बर १० का अशोक वाटिका बस्ने कृष्णाकुमार सरार्फको २० वर्षीय छोरी प्रीयान्का सरार्फले गाडी चलाईरहेकी पीडित पक्षले दाबी गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles