Tuesday, October 22, 2024

तस्करीगर्ने लागेको गाँजा धरानमा १४२० किलो बरामद ।

ताजा / भरखरै प्राप्त


पर्सा ६ भद्रौ
विराटनगर । प्रहरीले सुनसरीको धरानबाट एक हजार ४२० किलो गाँजा बरामद गरेको छ ।

धनकुटाबाट धरानतर्फ आउँदै गरेको ट्रक प्रहरीले चेकजाच को क्रममा लोड गरिएको एक हजार ४२० किलो अवैध गाँजा बरामद गरेका छन् ।

नेपाल प्रहरीका अनुसार आज बिहान करिब ९ बजे मुला लोड भएको को १ खस् ४७।३३ नम्बरको ट्रकमा गाँजा फेला परेको हो ।

गाँजासहित प्रहरीले मोरङको सुन्दर हरैचा नगरपलिका वडा नम्बर ७ गछियाका ३४ वर्षीय राजकुमार दाहाल र धनकुटाको शहीदभूमी गाउँपालिका वडा नम्बर ७ का ४१ वर्षीय भुपेन्द्र राईलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार बरामद भएको गाँजा भारत पठाउनका लागि
ल्याइएको हो ।
धनकुटाबाट गाँजा ल्याएर मोरङ सुनसरीको सीमावर्ती क्षेत्रमा स्टोर गरेर राख्ने र रातको समयमा भारततर्फ निकासी हुने गरेको प्रहरीले बताउ छन् ।

गाँजा भारत पुर्‍याएपछि प्रतिकेजी १५ हजारदेखि २० हजारसम्म पर्छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles