Tuesday, October 22, 2024

सूर्यदर्शन सहकारी ठगी प्रकरण : पूर्वसचिव नकर्मी कारागार चलानपोखरा ।

ताजा / भरखरै प्राप्त

पर्सा ६ भद्रौ

पोखराको सूर्यदर्शन सहकारी ठगीमा सहकारीका पूर्वसचिव अनुज नकर्मी पुर्पक्षका लागि जेल चलान भएका छन् ।

बुधबार जिल्ला अदालत कास्कीका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले उनलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिनुभएको छ ।

उनी भदौ २ गते काठमाडौँको दक्षिणकालीबाट पक्राउ परेका थिए ।
नकर्मीसँगै सहकारीका ६ जना पुर्पक्षका लागि
थुनामा छन् ।
४४ जनालाई प्रतिवादी बनाएकोमा हालसम्म ६ जना मात्रै
पक्राउ परेका छन् ।

उनीहरुमाथि १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ हिनामिना गरेको आरोप लागिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles