पर्सा, ७ भद्रौ
पोखराबाट काठमाडौंका लागि छुटेको ४३ जना सवार यूपी ५३ एफटी ७६२३ नम्बरको बस बिहान ऐना पहरानजिकबाट मर्स्याङ्दीमा खसेको थियो ।
दुर्घटनामा गम्भीर घाइते १६ जनालाई उपचारका लागि
नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ ।
बाँकी सबैको मृत्यु भएको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिएका छन् ।
‘गम्भीर घाइते १६ जनालाई हेलिकप्टरमार्फत दुई पटक गरेर काठमाडौं पठाइयेको छ ।
बाँकी सबैको मृत्यु भयो,’ तनहुँका सिडिओ गौतमले भने, ‘सुरुमा १४ जनाको र पछि,
१३ जनाको मृत्यु भएको हो ।’
मृत्यु हुने सबैको शव आँबुखैरेनी गाउँपालिकामा राखिएको छ ।
दुर्घटना को अवस्थाबारे भारतीय राजदूतावासमार्फत पनि जानकारी
गराइएको छ ।