Tuesday, October 22, 2024

तनहुँ बस दुर्घटना :- बस दुर्घटनामा परि १४ जनाको मृत्यु, :-

ताजा / भरखरै प्राप्त


पर्सा, ७ भद्रौ
१६ जना घाइतेलाई उद्धार भएको छ ।

तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्यु भएको
छ । भन्ने १६ जना घाईते भएका छन् ।

दिउँसो १ बजेसम्म १४ जनाको शव घटनास्थलबाट बाहिर निकालिएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

घटनास्थलबाट १६ जना घाइतेको उद्धार गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता थापाले जानकारी दिएका छन् ।

शुक्रबार आज, बिहानै पोखराबाट काठमाडौंका लागि छुटेको यूपीस् ५३ एफटीस् ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको हो ।
तनहुँका डीएसपी दीपक कुमार रायले उद्दारको क्रम जारी भएकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने बताएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट
९ एसएसपी० माधव पौडेलको कमान्डमा १० जना गोताखोरसहित ४५ जना र २३ नम्बर मनकामना गण भानु तनहुँबाट ३५ जनाको टोली उद्धारमा परिचालन गरिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles